राजनीति/ समाज

नेकपाको नेतृत्वमा प्रदेश २ सरकार बन्न सक्ने

काठमाडौं १७ वैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाको नेतृत्वमा प्रदेश २ सरकार बन्न सक्ने बताएका छन् । फोरम–राजपाको गठबन्धन सरकारले तराई मधेसको हितमा काम गर्न नसकेको भन्दै उनले नेकपाको नेतृत्वमा प्रदेश २ सरकार बन्न सक्ने बताएका हुन् । ललितपुरको खुमलटारस्थित निवासमा मंगलबार...

नेकपा र फोरम नेपालबीच पार्टी एकीकरण

काठमाडौं १७ वैशाख । मधेश तराई फोरम नेपाल र नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बीच एकीकरण हुने भएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) निवासमा मंगलबार भएको एक कार्यक्रमबीच पार्टी एकीकरणको तयारी भएको फोरम नेपालका अध्यक्ष अमर यादवले जानकारी दिए ।

ज्वाला पक्राउ प्रकरण – विधि र शासनको उल्लङ्घन भयो : अधिवक्ता गौतम

मकवानपुर १६ वैशाख । अधिवक्ता केशव गौतमले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज बीरबहादुर घलान ज्वालालाई पक्राउ गरेर मकवानपुर प्रहरीले विधि र शासनको उल्लघंन गरेको बताएका छन् । उनले तु खबरसंग प्रतिक्रिया दिँदै भने ‘ प्रहरीले आज ज्वालालाई पक्राउ गरेको घटना नेपालको संविधानको प्रस्तावना विपरित छ ,...

नागरिकता विधेयकविरुद्ध माइतीघर मण्डलामा बृहत् प्रदर्शन

काठमाडौं १६ वैशाख । आगामी आईतबार काठमाडौंको माइतीघर मण्डलामा नागरिकता विधेयकविरूद्ध बृहत् प्रदर्शन हुने भएको छ । विदेशीलाई खुला रुपमा वंशजको नागरिकता दिनेगरी विधेयक बनाएकाले राष्ट्रिय जनमोर्चा, नेकपा मसाल, नेकपा माले, जनसमाजवादी पार्टी नेपाल, माथिल्लो कर्णाली बचाऔं राष्ट्रिय अभियान, राष्ट्रिय जागरण परिषद नेपाल लगायतका विभिन्न राजनैतिक पार्टी र संघसस्थाको...

सर्वोच्चको आदेशप्रति राजपाको आपत्ति

मकवानपुर । सर्वोच्च अदालतले देवको नेतृत्वमा समितिले सिफारिसका आधारमा वितरण गरिएका नागरिकता अभिलेखबाट हटाउन दिएको अन्तरिम आदेशप्रति राजपाले असन्तुष्टि जनाएको छ । राजपाको शुक्रबार नै बसेको पदाधीकारी बैठकपश्चात् जारी विज्ञप्तीमा भनिएको छ,‘वितरण भइसकेको नागरिकतालाई प्रचलनमा नल्याउन अन्तरिम आदेश गरेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यसखाले आदेशले बारम्बार...

बच्चा हुर्किएर स्कूल जान थालिसक्यो, न्वारन गर्नुपर्दैन : स्थापित

मकवानपुर, १४ वैशाख । प्रदेश नं. ३ का तत्कालिन भौतिक योजना मन्त्री केशब स्थापितले प्रदेशको नामाकरण गर्न नसकेको प्रति सरकारको आलोचना गरेका छन् । शनिबार बिहान तु खबरसँग कुराकानी गर्दै स्थापितले बच्चा हुर्किएर स्कूल जान थालिसक्दा पनि न्वारन गर्न नसकिएकोमा आश्चर्य व्यक्त गरे । प्रदेश नम्बर ३ को राजधानी...

‘खुलामन्च हडप्नेलाई पाता कसौँ’ भन्दै यसरी भए बाबुराम ‘फायर’…

काठमाडौं, १४ बैशाख । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराइले काठमाडौंको खुलामन्च हडप्नेहरुलाई पाता कस्नु पर्ने जनाएका छन् । बिसं २०४१ सालको खुलामन्च र सन् २०१८ को खुलमञ्चको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दे नेता भट्टराइले खुलामन्चलाई खुला गर्नुपर्ने उल्लेख गरेको हुन् । बाबुरामले पोष्ट गरेको तस्विरमा...

पक्राउ परे विप्लवका ब्यूरो सचिव, चलाइयो राजद्रोहमा मुद्दा

धनगढी । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी समूहका सेती ब्यूरो सचिव एवं पूर्वसभासद डबलबहादुर शाह (भगत सिंह) लाई प्रहरीले आज धनगढीबाट पक्राउ गरेको छ । बाजुरा जिल्ला स्थायी ठेगाना भएका शाहलाई धनगढी उपमहानगरपालिका–४ स्थित बस बिसौनीबाट सशस्त्र प्रहरी बलको टोलीले विभिन्न दस्तावेजसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय...

के भनिन् प्रदेश प्रमुख अनुराधा कोइरालाले काठमाडौँमा ?

काठमाडौँ, १३ वैशाख । प्रदेश नम्बर ३ प्रदेश प्रमुख अनुराधा कोइरालाले आज काठमाडौँमा आयोजित एक कार्यक्रममा कालाबजारी र भ्रष्टाचार अन्त्यका लागि प्रतिवद्ध हुन आह्वान गरेकी छिन् । बारबरा फाउण्डेशनले दुई जना पत्रकारलाई बारबारा एडम्स खोजी पत्रकारिता पुरस्कारद्वारा पुरस्कृत गर्ने क्रममा भ्रष्टाचार न्यूनीकरणका लागि सामुहिक प्रयासको खाँचो रहेको बताएकी छिन्...

के गदैछन् प्रदेश नं. ३ का तत्कालिन मन्त्री केशव स्थापित ?

मकवानपुर, १३ वैशाख । प्रदेश नं. ३ का पूर्वमन्त्री केशव स्थापित मन्त्रीबाट बर्खास्त भएपछि कहाँ छन् भनेर चासो राख्ने गरिएको छ । तर, शुक्रबार उनी अनलाइन खबरमार्फत् काठमाडौँका विद्यासुन्दर शाक्य र खुला मञ्च अतिक्रमण प्रकरणमा बोलिरहेका थिए ।तु खबरले पूर्वमन्त्री स्थापितलाई अतिक्रमणमा परेको खुलामञ्चका बारेमा पुनः जिज्ञासा राखेको थियो...