के भनिन् प्रदेश प्रमुख अनुराधा कोइरालाले काठमाडौँमा ?
काठमाडौँ, १३ वैशाख । प्रदेश नम्बर ३ प्रदेश प्रमुख अनुराधा कोइरालाले आज काठमाडौँमा आयोजित एक कार्यक्रममा कालाबजारी र भ्रष्टाचार अन्त्यका लागि प्रतिवद्ध हुन आह्वान गरेकी छिन् ।
बारबरा फाउण्डेशनले दुई जना पत्रकारलाई बारबारा एडम्स खोजी पत्रकारिता पुरस्कारद्वारा पुरस्कृत गर्ने क्रममा भ्रष्टाचार न्यूनीकरणका लागि सामुहिक प्रयासको खाँचो रहेको बताएकी छिन् । बारबारा एडम्सलाई स्मरण गर्दै उनले उपस्थित सबैलाई भ्रष्टाचार र कालाबजारी हुन नदिन प्रण गर्न आह्वान गरिन् ।
देश विकास गर्न सबैमा आत्मबल र इच्छा शक्ति चाहिने बताउँदै ३ नं. प्रदेश प्रमुख कोइरालाले आफ्नो प्रदेशको तर्फबाट सकेको गर्न आफू तयार रहेको समेत बताइन् ।
कार्यक्रममा पत्रकारहरु रुद्र खड्का र अर्जुन ओलीलाई बारबारा एडम्स खोजी पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।
