राजनीति/ समाज
४ साना कम्युनिष्ट पार्टीबीच कार्यगत एकता गर्ने सहमति
काठमाडौं १० वैशाख । विभिन्न चार साना कम्युनिष्ट घटकहरुले कार्यगत एकता गर्ने सहमति गरेका छन् । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), सुलभ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच कार्यगत एकता गर्ने सहमति भएको हो...
फेरि विद्रोह गर्ने भ्रम नपार्न प्रचण्डको आग्रह
काठमाडौं १० वैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा फेरि विद्रोह गर्ने भ्रम नपार्न सबैलाई आग्रह गरेका छन् । मंगलबार ललितपुरमा आयोजित आदिबासी जनजातिहरुको अधिकारसम्बन्धि उच्चस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्ले सो कुरा बताएका हुन् । अध्यक्ष दाहालले फेरि विद्रोह,...
अध्यक्षमा सिग्देल छानिएपछि तत्कालिन एमाले सचिव श्रेष्ठको कडा प्रतिक्रिया – हुनेलाई खातको खात, नहुनेलाई पुर्पुराँ हात !
मकवानपुर, १० वैशाख । नेकपाभित्र चरम विवाद सुरु भएको छ । तत्कालिन एमालेबाछ नेकपाको अध्यक्षका निम्ति सिफारिस बद्री लम्साल र एकलाल श्रेष्ठले सामाजिक सञ्जालमै नेकपाको जिल्ला नेतृत्व चयन प्रति गम्भीर असहमति देखाउँदै स्टाटस लेखेपछि उनीहरुभित्रको विवाद बाहिर आएको हो । तत्कालिन नेकपा एमालेका उपाध्यक्ष रहेका लम्सालले समाजिक सञ्जालमार्फत् ‘हाम्रो...
मानवअधिकार आयोगको कार्यालयमा प्रहरी घेराबन्दी !
९ वैशाख, नेपालगञ्ज । विप्लव समूहको कार्यकर्ता भएको आरोपमा पक्राउ परेका कोहलपुर ११, बाँकेका दानबहादुर फडेरालाई जिल्ला अदालतले साधारण तारेखमा छोड्यो । तर, अदालत परिसरमै धरपडक गर्न खोजेपछि फडेराले मानवअधिकार आयोगलाई गुहार्यो । अदालत नजिकै बाँके गाउँ पिपलचौतारामा रहेको कार्यालयबाट टोली अनुगमनका लागि गयो । फडेराले आफू सुरक्षाकै कारण...
वृद्धभत्ता बढाउने प्रधानमन्त्री ओलीको घोषणा
काठमाडौँ ९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटमार्फत वृद्धभत्ता बढाउने घोषणा गरेका छन् । सोमबार ७० औं पार्टीं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले गतवर्ष वृद्धभत्ता बढाउन आर्थिक अवस्था नरहेकाले यस वर्ष बढाउने घोषणा गरेका हुन् । उनले सरकारले केही गरेनन् भन्नेहरुलाई...
काँग्रेस प्रगतिशिल शक्ति सिध्याउन प्रतिगामी शक्तिसँग मिलेको ओलीको भनाई, आज काँग्रेस कहाँ पुग्यो ?
मकवानपुर ९ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसले प्रगतिशील र बामपन्थीसँग मिलेर अघि बढ्नुको साटो प्रतिकृयावादी शक्तिहरुसँग घाँटी जोडेको आरोप लगाएका छन् । पार्टीको ७० औं स्थापना दिवसको अवसरमा तथा पार्टी एकता प्रकृयाबारे केही निर्णय सुनाउन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले काँग्रेस...
फलामे ढोका फोरेका छौँ : प्रचण्ड
नेकपाका अध्यक्ष पुष्पकमल दाहालले एकता प्रकृयामा जिल्ला तहको नेतृत्व टुङ्ग्याउनु फलामे ढोका फोरे सरह भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७० औँ पार्टी स्थापना दिवस तथा कम्युनिष्ट नेता लेनिनको १३९ औँ जन्मोत्सवका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सबैभन्दा जटिल बनेको जिल्ला तहको नेतृत्व चयन गर्ने क्रममा...
नेकपा मकवानपुरको अध्यक्षमा सिग्देल, सचिवमा पुलामी चयन
मकवानपुर ९ वैशाख । नेपाल कम्युनिष्ट पार्टी नेकपा मकवानपुरको अध्यक्षमा तत्कालिन एमालेका जिल्ला अध्यक्ष मुनु सिग्देल चयन भएकी छिन् । त्यस्तै नेकपा मकवानपुरको सचिवमा तत्कालिन माओवादीका जिल्ला अध्यक्ष प्रेमबहादुर पुलामी ‘छिन्तु’ चयन भएका छन् । नेकपाको निर्णय अनुसार अध्यक्षमा सिग्देल र सचिवमा पुलामी चयन भएका हुन् । सिग्देल र...
राप्रपा सरकारसँग वार्ता गर्न तयार, बोहराको नेतृत्वमा तीन सदस्यीय टोली गठन
काठमाडौं ९ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारसँग वार्ता गर्न तयार भएको छ । सरकारसँग वार्ता गर्न वरिष्ठ नेता दीपक बोहराको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । सोमबार बिहान बसेको राप्रपा शीर्ष नेताहरुको बैठकले बोहराको नेतृत्वमा महामन्त्री राजेन्द्र लिङ्देन र नेता निरञ्जन थापा सदस्य रहेको...
मधेशलाई अधिकार सम्पन्न बनाउन पार्टी गठन
राँझा ९ वैशाख । नवगठित जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेशलाई अधिकार सम्पन्न बनाउन पार्टी गठन गरेको बताएका छन् । बाँकेको जानकी गाउँपालिका–६, गनापुरस्थित कपासीमा आयोजित आमसभामा राउतले भने, ‘सरकारसँग सम्झौतापश्चात मूलधारको राजनीतिमा आएपछि धेरैको पसल बन्द हुने अवस्था आएकाले मधेशमा राजनीतिको दोकान खोलेका मधेशवादी दलले सरकारसँग झुकेर सम्झौता...










