अध्यक्षमा सिग्देल छानिएपछि तत्कालिन एमाले सचिव श्रेष्ठको कडा प्रतिक्रिया – हुनेलाई खातको खात, नहुनेलाई पुर्पुराँ हात !

तु खबर संवाददाता
२०७६ बैशाख १०, मंगलवार ०८:०७

मकवानपुर, १० वैशाख । नेकपाभित्र चरम विवाद सुरु भएको छ । तत्कालिन एमालेबाछ नेकपाको अध्यक्षका निम्ति सिफारिस बद्री लम्साल र एकलाल श्रेष्ठले सामाजिक सञ्जालमै नेकपाको जिल्ला नेतृत्व चयन प्रति गम्भीर असहमति देखाउँदै स्टाटस लेखेपछि उनीहरुभित्रको विवाद बाहिर आएको हो ।

तत्कालिन नेकपा एमालेका उपाध्यक्ष रहेका लम्सालले समाजिक सञ्जालमार्फत् ‘हाम्रो पार्टी महान् छ, नेता विशाल हृदयको हुनुहुन्छ । त्यसैले जे निर्णय हुन्छ खुरुखुरु मान्नुमा नै कल्याण छ ।’ भनेर एकताका सम्बन्धमा आफ्नो धारणा व्यक्त गरेका छन् ।

तत्कालिन एमालेका सचिव श्रेष्ठले पनि पार्टी एकता प्रकृयामा नेतृत्व चयन प्रति गम्भीर असहमति प्रकरण गरेका छन् । उनले आफ्नो स्टाटसमा ‘ हुनेलाई खातको खात नहुनेलाई पुर्पुरोमा हात’ भनेर प्रतिक्रिया दिएका छन् । यति कुरा बुझ्न ४८ वर्ष लाग्यो भनेर व्यङ्ग समेत गरेका छन् । उनले अचम्म मान्दै भनेका छन्, – धन्य नेता महात्म्य !

अर्का अध्यक्षका आकांक्षी तत्कालिन एमाले नेता श्रीधर पोखरेलले भने यसअघि नै पार्टीको निर्णय अन्तिम हुने भन्दै प्रतिक्रिया जनाइसकेका छन् । तु खबरले उनीसँग प्रतिक्रिया माग्दा उनले पार्टीले निर्णय ने गरिसकेपछि र देशैभरिको यस्तै स्थिति रहेको कारण आफूले खासै मतलब नगरेको बताएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*