राजनीति/ समाज

मुनु सिग्देल नेकपा मकवानपुरको अध्यक्ष !

मकवानपुर ०८ वैशाख । नेकपा मकवानपुरको अध्यक्षको जिम्मेवारी मुनु सिग्देलले पाएकी छिन् । यो समाचार तयार पार्दासम्मको अवस्थामा अध्यक्षमा सिग्देल कै नाम निर्णय भएको बताएको छ । मकवानपुरमा तत्कालिन एमालेले अध्यक्षले पाउने र माओवादीले सचिव पाउने सहमति भएको थियो । एमालेका तर्फबाट नेता बद्री लम्साल, श्रीधर पोखरेल र एकलाल...

सामावेशी आयोग सदस्य ओझाले भनिन् – असहायहरुको हितमा काम गर्छु

मकवानपुर ८ वैशाख । मानव अधिकारवादी महिला नेतृ बिष्णु ओझा राष्ट्रिय समावेशी आयोगको सदस्यमा मनोनित भएकी छिन् । ओझाले आज आयोगको सदस्यको रुपमा सपथ ग्रहण समेत गरेकी छिन् । उनलाई आयोगका अध्यक्ष शान्तराज सुवेदीले सपथ ग्रहण गराएका हुन् । उनले आजैबाट पदभारसमेत ग्रहण गरेकी छिन् । तु खबरसंग कुराकानी...

विप्लवका केन्द्रीय नेता विरहीले यस्तो भनेपछि…

काठमाडौं– नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका शीर्ष नेता अनिल शर्मा विरहीले वार्ताको हल्ला चलाएर आफ्नो पार्टी फुटाउन खोजेको आरोप लगाएका छन् । अहिले पार्टी वार्तामा बस्ने मनस्थितिमा नभएपनि आफूले वार्तामा बस्न विप्लवलाई दवाव दिएको भन्दै प्रचार गरेकोमा उनले आपत्ति जनाएको समाचार आज रातोपाटी ले लेखेको छ । सो...

साँसद विरोधको पहलमा विजुलीको लागि ३६ लाख आयो

मकवानपुर, ०८ वैशाख । प्रतिनिधिसभा २ का साँसद विरोध खतिवडाको पहलमा मकवानपुरको विकट मनहरी वडा नं. ६ रुपाचुरी वालुभञ्ज्याङको लागि विजुली व्यवस्थापनका गर्न ३६ लाख ४८ हजारको योजना स्वीकृत भएको छ । नेपाल विद्युत प्राधिकरणले सो ठाउँमा विजुली वत्तिको व्यवस्थापन कार्य गर्नको लागि योजना स्वीकृत गरी हेटौंडा वितरण केन्द्रमा...

जनप्रतिनिधि पनि जिल्ला अध्यक्ष बन्न पाउने सहमति हुँदै

मकवानपुर, ०८ वैशाख । सोमबार २२ अप्रिलको दिन कम्युनिष्ट पार्टी स्थापना दिवशको अवसर पारेर जिल्ला अध्यक्ष, सचिव र पोलिटव्यूरो सदस्यको नाम सार्वजनिक गर्ने तयारी भइरहेको छ । आज सो विषयमा छलफल चलिरहेको छ । आज बालुवाटारमा शीर्ष नेताहरुबीच यस विषयमा छलफल चलेको अनलाइन खबरले लेखेको छ । जनप्रतिनिधिलाई जिल्ला...

अर्थ समितिको प्रि बजेट छलफल : केन्द्र सरकारप्रति मुख्यमन्त्री पौडेल रुष्ट

मकवानपुर, ८ वैशाख । संघीय संसदको अर्थ समितिले आज प्रि बजेटबारे छलफल आयोजना गरेको छ । आज आयोजित कार्यक्रममा समितिका सभापति कृष्णप्रसाद दाहाल, प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेल, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, प्रदेश नं. ३ का आन्तरिक मामिला तथा कानून मन्त्री सालिकराम जम्कट्टेल, आर्थिक मामिला मन्त्री कैलाश...

एकताको काम सकियो, भोलि घोषणा हुन्छ : प्रचण्ड

मकवानपुर, ८ वैशाख । नेकपाका अध्यक्ष प्रचण्डले पार्टी एकताको काम सकिएको र भोलि घोषणा हुने बताएका छन् । आइतबार आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । नेकपा ३ नम्बर प्रदेश कमिटिले नेपाल कम्युनिष्ट पार्टीको ७० औँ स्थापना दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भोलि नै...

विप्लवमाथि सरकारसँग वार्ता गर्न ‘दबाब’

काठमाडौं – नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव)लाई दलभित्रैबाट सरकारसँग वार्ता गर्न दबाब परेको छ । पोलिब्युरो सदस्य तथा पूर्व कमाण्ड इन्चार्ज अनिल शर्मा, पोलिटब्युरो सदस्य पदम राईलगायतले सरकारसँग वार्ता गर्न दबाब दिएका हुन् । महासचिव विप्लव भने तत्काल सरकारसँग वार्ता गर्ने पक्षमा छैनन् । उद्यपि उनी सरकारको नेतृत्व गरिरहेको...

सरकारले सबैलाई दुःख दिएको सभापती देउवाको दाबी

काठमाडौं ६ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले सबैलाई दुःख दिएको दाबी गरेका छन् । शुक्रबार नेपाल विद्यार्थी संघको ४९ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा कांग्रेस सभापति देउवाले सरकारले सबैलाई दुःख दिएको दाबी गरेका हुन् । उनले भने, ‘ओलीसँग मुक्ति खोज्ने बेला भएको छ ।...

हेटौंडामा राप्रपाका कार्यकर्तामाथि प्रहरीले लठ्ठी प्रहार गरेपछि…

मकवानपुर ६ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले धर्म निरपेक्षताविरुद्ध आज हेटौंडामा गरेको प्रर्दशनमा प्रहरीले हस्तक्षेप गर्दा पार्टीका दुई कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेहरुमा राप्रपाको जिल्ला नेता कृष्ण विडारी र राईगाउँका कृष्ण खुलाल रहेका छन् । पार्टी कार्यालय सानोपोखराबाट र्यालीसहित आएको राप्रपाले सिमाचोकमा धर्मनिरपेक्षतासम्बन्धी लेखिएको व्यानर...