राजनीति/ समाज

केही दिनभित्रै पार्टी एकताले मूर्तरुप लिने : आचार्य

बेनी ३ वैशाख । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भीम आचार्यले वैशाख ९ गतेभित्रमा पार्टी एकताले मूर्तरुप लिने बताएका छन् । नेकपा म्याग्दीले आज बेनीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा नेता आचार्यले पार्टीका शीर्ष नेतृत्व एकतालाई छिट्टै निष्कर्षमा पु¥याउने कसरतमा जुटेको बताएका हुन् । उनले वैशाख ९...

नेपाली काँग्रेसले राष्ट्रिय जागरण अभियानको घोषणा गर्ने

काठमाडौँ ३ वैशाख । प्रमुख प्रतिपक्ष दल काँग्रेसले राष्ट्रिय जागरण अभियानको घोषणा गर्ने भएको छ । पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी राष्ट्रिय जागरण अभियानको घोषणा गर्न लागेको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । काँग्रेस नेताहरुका अनुसार जागरण अभियान तीन चरणमा हुनेछ । पहिलो चरणको अभियान वैशाख ११...

नेपालमा १२ लाख हेक्टर जमीनमा कफीखेतीको सम्भावना

काठमाडौँ  ३ वैशाख ।  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा १२ लाख हेक्टर जमीनमा कफीखेतीको सम्भावना रहेको बताएका छन् । सोमबार नेपाल चिया तथा कफी विकास बोर्डले आयोजना गरेको नेपाल कफी व्यवसाय प्रवद्र्धन सम्मेलन–२०७६ को उद्घाटन कार्यक्रममा अध्यक्ष दाहालले नेपालमा १२ लाख हेक्टर जमीनमा कफीखेतीको सम्भावना रहेको...

२०७५ सालमा जनताले चेतावनी र धम्की उपहार पाएको

मकवानपुर २ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले २०७५ सालमा जनताले सरकारबाट चेतावनी र धम्की उपहार पाएको बताएको छ । सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर सरकाले एक वर्षमा वुद्धिजीवि, पत्रकार र विपक्षीलाई धम्कीको दिने काम गरेको बताएको हो । साथै काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो...

खर्च गर्न नजानेर देशको विकास नभएको : मन्त्री ढुंगेल

मकवानपुर २ वैशाख । प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले खर्च गर्न नजानेर देशको विकास नभएको बताएका छन् । खाँडादेवी गाउँपालिकाले आयोजना गरेको २ वर्षे आवधिक समीक्षा कार्यक्रममा बोल्दै मन्त्री ढुंगेलले यस्तो बताएका हुन् । मन्त्री ढुंगेलले भने, ‘हामीसँग पैसाको खाँचो छैन । तर, खर्च...

तनहुँमा नेकपाको सबै वडा कमिटी एकीकरण

दमौली २ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँको स्थानीय तहका वडाको एकीकरण पूरा भएको छ । नेकपा जिल्ला सयंन्त्रको बैठकले सबै स्थानीय तहका वडाको एकीकरण कार्य पूरा गरेको हो । तनहुँका १० स्थानीय तहका ८५ वडामध्ये व्यासको एउटा र शुक्लागण्डकीको एउटा वडाबाहेक अन्य सबै वडाको अध्यक्ष र सचिवको...

आउँदो वर्ष सरकारले वृद्धभत्ता बढाउने : प्रधानमन्त्री

मकवानपुर १ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वर्ष सरकारले वृद्धभत्ता बढाउने बताएका छन् । ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा र खोलौं बैंक खाता कार्यक्रममा उनले वृद्धभत्ता बढ्ने बताएका हुन् । ‘अर्थमन्त्री यहीँ हुनुहुन्छ, बजेट नआई भन्न त नमिल्ने हो, तर लुकाएर लुक्ने कुरा छैन, वृद्धभत्ता बढ्छ’ प्रधानमन्त्री ओलीले...

सशस्त्र प्रहरीको टोलीलाई ‘म विप्लव पार्टीको इन्चार्ज हुँ भनेपछि’

मकवानपुर, वैशाख ०१ । विप्वल नेतृत्वको नेकपा मकवानपुर इन्चार्ज बीरबहादुर घलान ज्वाला पक्राउ परेको घटना सार्वजनिक भएपछि राजनीतिक वृत्तमा खैलाबैला नै मच्चियो । एकाएक मकवानपुरको राजनीतिक वृत्तमा ज्वाला कसरी समातिए भन्ने चर्चा चुलिन थाल्यो । सशस्त्र प्रहरी वलले उनलाई हेटौंडा ८ मा पर्ने ऋद्धिसिद्धि सिमेन्ट अगाडिबाट पक्राउ गरेको थियो...

२०७६ साल महत्वका साथ अगाडि बढ्नेछ : राष्ट्रपति भण्डारी

काठमाडौं १ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०७६ ले समृद्ध देश निर्माणका लागि थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गर्दै यस्तो बताएकी हुन् । ‘हाम्रो मुलुकको राष्ट्रिय संकल्प ‘समृद्ध नेपाल सुखी नेपाली’ को साझा लक्ष्य प्राप्त गर्न वि.सं. २०७६...

नयाँ वर्षमा मुख्यमन्त्री पौडेलको शुभकामना सन्देश

मकवानपुर १ बैशाख । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नयाँ वर्ष २०७६ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई शुभकामना दिँदै सुख, शान्ति र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरेका छन् । मुख्यमन्त्री पौडेलले शुभकामना सन्देशमार्फत समृद्ध प्रदेश निर्माणमा प्रतिवद्ध रहेको जनाएका छन्। “प्रदेश सरकार प्रदेश भित्रका...