राजनीति/ समाज

नेकपा मकवानपुर इन्चार्ज ज्वाला अदालतमा, सोमबार बयान

मकवानपुर, २९ चैत । प्रहरीले विप्लव नेतृत्वको नेकपा मकवानपुरका इन्चार्ज बीरबहादुर घलान ज्वालालाई अदालतमा पेश गरेको छ । केही महिना अघि मनहरी गाउँपालिका वडा नं. ३ मा भेटिएको बिस्फोटक पदार्थमा उनी संलग्न भएको भन्दै सोही घटनालाई जोडेर प्रहरीले अभियोग लगाएको र फरारको सूचीमा राखेकोले अहिले फेला पर्यो भनी अदालत...

अपडेट : नेकपा मकवानपुर इन्चार्ज ज्वालालाई अदालत लगिँदै

मकवानपुर, २९ चैत । प्रहरीले विप्लव नेतृत्वको नेकपा मकवानपुरका इन्चार्ज बीरबहादुर घलान ज्वालालाई अदालत लैजाँदै छ । केही बेरपछि उनलाई जिल्ला अदालत मकवानपुर उपस्थित गराउने तयारी प्रहरीको छ । प्रहरीका अनुसार, उनलाई हातहतियार तथा बिस्फोटक पदार्थसम्बन्धी अभियोग लगाइँदैछ । हिजो सशस्त्र प्रहरी बलले हेटौंडा ८ फायरलाइनमा उनीसमेत अर्का एकलाई...

घरेलु हतियार लिएर फनफनी नचाउन थालेपछि १२ कैदीबन्दी स्थानान्तरण : कारागार प्रमुख खनाल

मकवानपुर, २८ चैत । भीमफेदी कारागारभित्र गत २४ गते भएको विवादमा १२ कैदीबन्दी अन्यत्र सरुवा गरिएको छ । ती कैदीबन्दीलाई सरुवा गर्नुपर्नाको कारणबारे हामीले कारागार प्रमुख प्रकाश खनाललाई सोधेका थियौँ । खनालका अनुसार, कैदीबन्दीले कारागारभित्र गरेको व्यवहारपछि कुनै अप्रिय घटना नहोस् भन्नका लागि स्थानान्तरण गरिएको उनले बताए । उनका...

नेपालको एकिकरण र नेपाली सेनासँगको सम्बन्ध अन्योन्याश्रित : प्रधानमन्त्री

भक्तपुर २८ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको एकिकरण र नेपाली सेनासँगको सम्बन्ध अन्योन्याश्रित रहेको बताएका छन् । सैनिक अधिकृतहरुको दिक्षान्त समारोहलाई आज खरिपाटीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता र राष्ट्रिय हितहरुको संरक्षण गर्ने कार्यमा नेपाली सेनाले विगत देखि नै...

पत्रकारको हितमा केन्द्रित भएर काम गर्न सरकारलाई आग्रह

काठमाडौं २८ चैत्र । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले पत्रकारहरुको हितमा केन्द्रित भएर सूचना, प्रविधिसम्बन्धि आवश्यक ऐन, कानुन निर्माण गर्न सरकारलाई सुझाव दिएका छन् । बिहीबारबाट काठमाडौंको टुँडिखेलमा सुरु भएको ‘दोसो अन्तराष्ट्रिय प्रिन्टिङ, फोटोग्राफी एण्ड मिडिया टेक्नोलोजी एक्स्पो’को उद्घाटन गर्दै उनले...

मकवानपुरको मनहरीमा अन्य पार्टी परित्याग गरि ३५ जना नेकपामा प्रवेश

मकवानपुर २८ चैत्र । मकवानपुरको मनहरी गाउँपालिकामा क्रियाशील विभिन्न राजनीतिक दल परित्याग गरी ३५ जना नेपाल कम्युनिष्ट पार्टीमा आबद्ध भएका छन् । मनहरी गाउँपालिका वडा नं १ र २ को संयुक्त भेला तथा प्रशिक्षण कार्यक्रममा ३५ जना नेपाली काँग्रेस तथा विप्लव नेतृत्वको पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश...

भीमफेदी कारागार : ६५ सशस्त्रको सुरक्षा, सानालाई ऐन ठूलालाई चैन

मकवानपुर, २८ चैत । भीमफेदी कारागारमा अहिले सशस्त्र प्रहरी बलका डीएसपी नरबहादुर राउतसहित ६५ भन्दाबढी सशस्त्र सुरक्षामा खटिएका छन् । कारागारको बाहिरी र भित्री घेराको सुरक्षा सम्हाल्ने सशस्त्र प्रहरीकोे आँखै अगाडिबाट गत २४ गते लागुऔषध कारागारभित्र भित्र्याइयो । कारागारभित्र लागू औषध भित्र्याइसकेपछि त्यो सूचना हावाको बेगजस्तो छिटो सबैतिर फैलियो...

लिङ्देनलाई मार्ने धम्की दिनेको ‘कनेक्सन’ झापाकै नेतासँग

काठमाडौं – झापा ३ बाट निर्वाचित सांसद राजेन्द्र लिङ्देनले आफूलाई धम्की दिने व्यक्तिको संलग्नता झापाकै नेतासँग रहेको दाबी गरेका छन् । राप्रपाका महामन्त्रीसमेत रहेका लिङ्देनले भने, ‘मलाई धम्की आइरहेका दुई वटा मोबाइल नम्बर मेरै निर्वाचन क्षेत्रका नेतासँग सम्पर्क भएको प्रहरी अनुसन्धानबाट देखाएको छ ।’ सातादेखि अज्ञात व्यक्तिले आफ्नो ज्यान मार्न...

हेटौँडाको सवारी जामले मेयर महत वाक्क

मकवानपुर, २८ चैत । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत हेटौँडामा बढ्दो सवारी जामदेखि वाक्क भइसकेका छन् । उनले हिजो हेटौँडामा आयोजित एक कार्यक्रममा मन्तव्य राख्ने क्रममा सरकारले २५ मिटर सडक फराकिलो पार्ने काममा ढिलाई गरेकोमा आक्रोशित देखिए । सरकारले किन २५ मिटरको विषयमा निर्णय गर्दैन, उनले मन्तव्यको क्रममा भने...

यस्तो थियो सचिव लोकनाथ पौड्यालको लीला

मकवानपुर, २७ चैत । प्रदेश नं. ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले हिजो साँझ ६ बजेतिर सचिव लोकनाथ पौड्यालको कार्यकक्षमा ताला लगाई दिएपछि आज दिनभरि जसो खैलाबैला मच्चिएको छ । तु खबरले सचिव पौड्यालको कार्यकक्षमा ताला किन लगाइयो भन्ने बारेमा केही बुझ्ने प्रयास गरेको छ । खासमा सचिव...