राजनीति/ समाज

हेटौँडाको सडक विस्तार प्रकरण : २५/२५ मिटर कि १६/१६ ?

मकवानपुर १ वैशाख । पूर्व पश्चिम राजमार्ग तथा त्रिभुवन लोकपथ अन्र्तगतको हेटौँडा बजार क्षेत्रमा सडक विस्तारको काम अहिले अन्यौलमा परेको छ । सडक ऐन अनुसार पनि राजमार्गको दुवैतर्फ २५/२५ मिटरनै सडक विस्तार गर्नुपर्ने हो । तर मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश नं. ३ मन्त्रीपरिषद्को बैठकबाटै १६/१६ मिटर मात्र भत्काउनु पर्ने...

युवाहरु विदेशिनुमा नेपाली कांग्रेस जिम्मेवार : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं ३० चैत्र । सत्तारुढ दल नेकपाका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले ठूलो संख्यामा युवाहरु विदेशिनुमा नेपाली कांग्रेस जिम्मेवार रहेको आरोप लगाएका छन् । शनिबार काठमाडौं महानगरपालिका वडा नम्बर १५ ले नयाँ वर्षको सन्र्दभमा भुईंखेलमा गरेको कार्यक्रममा नेता खनालले सरकारको नेतृत्वमा रहेका बेला नेपाली कांग्रेसले केही गर्न नसकेका कारण...

कारागारका कैदी डानियलको सेटिङमा भीआईपी चल्दै

मकवानपुर, ३० चैत । भीमफेदी कारागारका कैदी डायिनल लामाको सेटिङमा जिल्लादेखि केन्द्रीय स्तरका नेता तथा कर्मचारी संलग्न रहेको तथ्य खुलेको छ । सीडीओले सिफारिस नगर्ने, कारागार व्यवस्थापन विभागका महानिर्देशक सीडीओको सिफारिस नभई डानियललाई अन्यत्र नसार्ने दुबैको क्रियाकलाप र घटनाबारे विश्लेषण गर्दा सेटिङ तलदेखि माथिसम्म रहेको देखिन्छ । लामाकै सेटिङमा...

केपी ओली नेतृत्वको दुई तिहाइ सरकार पूर्ण रुपमा असफल

सप्तरी ३० चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली नेतृत्वको दुई तिहाइ बहुमतप्राप्त सरकार पूर्ण रुपमा असफल भइसकेको दाबी गरेका छन् । नेता सिंहले सरकार विधि र प्रक्रियाविपरीत चलेको भन्दै कटाक्षसमेत गरे । ‘जनताले यो सरकार बनेदेखि नै शान्ति सुरक्षाको अनुभूति गर्न पाएका छैनन्,...

प्राध्यापक संघका अध्यक्ष ढकालको कडा टिप्पणी : प्रध्यापकको मुख थुनेर पढाउनु पर्यो भन्लान्  !

मकवानपुर, ३० चैत । मकवानपुर बहुमुखी क्याम्पस प्राध्यापक संघका अध्यक्ष भोजराज ढकालले गुणस्तरीय शिक्षा र क्याम्पसमा जडान गर्ने भनिएको सीसीटिभीको कुनै सम्बन्ध नभएको बताएका छन् । तु खबरमा समाचार सार्वजनिक भएपछि उनको यस्तो प्रतिक्रिया बाहिर आएको हो । ‘इमान्दार प्राध्यापकलाई राख्दा के नराख्दा के’ भन्दै उनले जे हालेपनि प्राध्यापकले...

मकवानपुर क्याम्पसको कक्षा कोठामा सीसीटिभी राख्न खोज्दा प्रध्यापक संघको अपत्ति

मकवानपुर, ३० चैत । मकवानपुर बहुमुखी क्याम्पसका कक्षा कोठाहरुमा सीसीटिभी जडान गर्न खोज्दा प्राध्यापक संघले आपत्ति जनाएको छ । क्याम्पसको अनुशासन कायम गर्न र सुरक्षाको दृष्टिकोणले सीसीटिभी राख्न खोजिएको छ । तर, त्यसमा प्राध्यापक संघले आपत्ति जनाउँदै कक्षा कोठामा सीसीटिभी राख्न नहुने बताएको छ । प्राध्यापक संघका अध्यक्ष भोजराज...

सार्वजनिक यातायातमा भाडा छुट प्रकरण : आन्दोलन गर्ने मुडमा विद्यार्थी

मकवानपुर, ३० चैत । मकवानपुरका विद्यार्थीहरुले कानून बमोजिमको ४५ प्रतिशत भाडा छुट पाउन सकेका छैनन । प्रमुख जिल्ला अधिकारी, यातायात व्यवसायी, विद्यार्थी प्रतिनिधि तथा सरोकारवालाहरुको बैठकले ४५ प्रतिशत छुट कार्यान्वयन गर्ने सहमति गरेका भएपनि सो सहमति विपरित अहिले म्याजिक, साझा यातायातहरुले भाडा छुट दिन आनाकानी गरिरहेका छन् । हिजो...

ललितानिवास हिनामिना प्रकरण : भाटभटेनीका अध्यक्ष गुरुङ सुशोभित हुँदै

काठमाडौं – बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवासको जग्गा हिनामिना प्रकरणमा प्रहरी छानबिनमा रहेका भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ ‘सुप्रबल जनसेवाश्री तृतीय’बाट सुशोभित हुने भएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को छानबिनमा रहेका गुरुङ आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘सुप्रबल जनसेवाश्री तृतीय’ पदकबाट सुशोभित हुने छन् । यसपालि तीन सय...

घुस लिने अधिकृतको नाम विभूषण सूचीबाट हटाइयो

काठमाडाैं – घुससहित पक्राउ परेका कर्मचारीको नाम विभूषण सूचीबाट हटेको छ । उत्कृष्ट कर्मचारी भन्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा कार्यरत अधिकृत कैलाश मातक्षे श्रेष्ठलाई प्रबल जनसेवाश्री विभूषण दिने  निर्णय भएको थियो । करिब दुई महिनाअघि उनी २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए । उनको नाम विभूषण पाउनेबाट हटाइएको गृह...

नेपाल सरकारको अनुमति बिनै विमानस्थलमा भारतीय एयर मार्शल

नेपाल सरकारको अनुमति बिना नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय एयर मार्शल राखिँदै आएको पाइएको छ । नागरिक उड्डयन सुरक्षा नियमावली २०७३ मा ‘इनफ्लाइट सेक्युरिटी अफिसर’ राख्न पाउने प्रावधान राखिएपछि इन्डियन एयरलाइन्सले विमानभित्र एयर मार्शल राख्न शुरु गरेको हो । नियमावलीअनुसार गृह मन्त्रालयबाट स्वीकृति लिएर मात्र एयर मार्शल राख्न पाइने...