युवाहरु विदेशिनुमा नेपाली कांग्रेस जिम्मेवार : पूर्वप्रधानमन्त्री खनाल
काठमाडौं ३० चैत्र । सत्तारुढ दल नेकपाका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले ठूलो संख्यामा युवाहरु विदेशिनुमा नेपाली कांग्रेस जिम्मेवार रहेको आरोप लगाएका छन् ।
शनिबार काठमाडौं महानगरपालिका वडा नम्बर १५ ले नयाँ वर्षको सन्र्दभमा भुईंखेलमा गरेको कार्यक्रममा नेता खनालले सरकारको नेतृत्वमा रहेका बेला नेपाली कांग्रेसले केही गर्न नसकेका कारण युवा जनशक्ति विदेशिन बाध्य भएको बताए ।
२०४६ साल यता पटक–पटक सरकारको नेतृत्व गरेको कांग्रेसले अवसर पाउँदा मुलुक र मुलुकबासीका लागि उपलब्धिमुलक काम गर्न नसकेको टिप्पणी गरे ।
