केही दिनभित्रै पार्टी एकताले मूर्तरुप लिने : आचार्य

तु खबर संवाददाता
२०७६ बैशाख ३, मंगलवार १४:२९
File Photo

बेनी ३ वैशाख । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भीम आचार्यले वैशाख ९ गतेभित्रमा पार्टी एकताले मूर्तरुप लिने बताएका छन् । नेकपा म्याग्दीले आज बेनीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा नेता आचार्यले पार्टीका शीर्ष नेतृत्व एकतालाई छिट्टै निष्कर्षमा पु¥याउने कसरतमा जुटेको बताएका हुन् ।

उनले वैशाख ९ गते परेको नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको दिनसम्म एकताको प्रक्रिया टुङ्ग्याएर पार्टीलाई बलियो बनाउने तयारी भइरहेको बताए । ‘अब पछि फर्कने ठाउँ छैन, एकतामार्फत् एकताबद्ध भएर अघि बढ्नुपर्छ, निश्चित कार्यविधिको आधारमा नेता तथा कार्यकर्तालाई जिम्मेवारी दिनुपर्छ’, नेता आचार्यले भने ।