एकताको काम सकियो, भोलि घोषणा हुन्छ : प्रचण्ड
मकवानपुर, ८ वैशाख । नेकपाका अध्यक्ष प्रचण्डले पार्टी एकताको काम सकिएको र भोलि घोषणा हुने बताएका छन् ।
आइतबार आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । नेकपा ३ नम्बर प्रदेश कमिटिले नेपाल कम्युनिष्ट पार्टीको ७० औँ स्थापना दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भोलि नै घोषणा गर्ने तयारी भएको बताए ।
भोलि कार्यक्रम राखेर घोषणा गर्छौ, उनले भने ।
