मुनु सिग्देल नेकपा मकवानपुरको अध्यक्ष !

तु खबर संवाददाता
२०७६ बैशाख ८, आईतवार २१:०९

मकवानपुर ०८ वैशाख । नेकपा मकवानपुरको अध्यक्षको जिम्मेवारी मुनु सिग्देलले पाएकी छिन् ।

यो समाचार तयार पार्दासम्मको अवस्थामा अध्यक्षमा सिग्देल कै नाम निर्णय भएको बताएको छ । मकवानपुरमा तत्कालिन एमालेले अध्यक्षले पाउने र माओवादीले सचिव पाउने सहमति भएको थियो ।

एमालेका तर्फबाट नेता बद्री लम्साल, श्रीधर पोखरेल र एकलाल श्रेष्ठ र तथा माओवादीका तर्फबाट विष्णु विष्ट आदर्श, प्रकाश पाण्डे प्रलोक, कमान सिं पाख्रिन पृथक र प्रमिला पुलामीको नाम सिफारिस भएको थियो ।

नेकपाको आज बसेको सचिवालय वैठकले ७७ वटै जिल्लाका अध्यक्ष तथा सचिव टुंगो लगाउने क्रममा मकवानपुरमा अध्यक्षको जिम्मेवारी सिग्देललाई दिइएको हो ।

यसअघि जनप्रतिनिधि रहेकाहरुलाई पार्टीको नेतृत्व नदिने सहमति विपरित आज नै नेकपाले जनप्रतिनिधि रहेकाहरुलाई पनि पार्टीको नेतृत्व दिन सकिने सहमति गरेको थियो ।

अध्यक्ष सिग्देल अहिले प्रदेशसभा सदस्य छिन् । उनी एमालेको तत्कालिन  अध्यक्ष पनि थिइन् ।

सिग्देलले भने यस विषयमा आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिएकी छिन् ।

अध्यक्षका रुपमा यसअघि चर्चामा रहेका नेता बद्री लम्सालले यस विषयमा आफूलाई कुनै जानकारी नभएको बताए ।

हिजो साँझ सम्पर्कमा नआएका अध्यक्षमा चर्चामा रहेका श्रीधर पोखरेलले पार्टीको नीति अनुसार अघि बढ्ने दृढता व्यक्त गरे । पार्टीले गरेको निर्णय उपर मेरो केही असहमति छैन, मिलेरै पार्टी बनाउने हो, उनले भने ।

वैशाख ९ गते सोमबार ७ः १३ मा अध्यावधिक गरिएको । सं.

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*