राजनीति/ समाज
सरकार एक्लैको प्रयासबाट मुलुकको विकास नहुने : बाबुराम भट्टराई
काठमाडौं १३ वैशाख । नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार एक्लैको प्रयासबाट मुलुकको विकास र समृद्धि सम्भव नहुने स्पष्ट पारेका छन् । शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको ‘आन्तरिक पर्यटन मेला’मा बोल्दै भट्टराईले पर्यटन क्षेत्रको विकासका लागि लगानी भित्याउने काम निजी क्षेत्रले नै गर्नुपर्ने तर्क...
एकीकरणका बाँकी काम टुङ्ग्याउन नेकपा सचिवालयको बैठक आईतबार बस्ने
काठमाडौं १३ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आइतबार बस्ने भएको छ । एकीकरणका बाँकी काम टुङ्ग्याउन सचिवालयको बैठक आईतबार बस्न लागेको प्रवत्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रवत्ता श्रेष्ठका अनुसार यसअघिकै सचिवालय बैठकले पोलीटव्युरो गठन, केन्द्रीय सदस्यको कार्यविभाजन र जनवर्गिय संगठनको एकीकरण प्रस्ताव तयार गर्ने...
राजपामा अध्यक्षमण्डल खारेज गर्नुपर्ने माग
काठमाडौं १३ वैशाख । राष्ट्रिय जनता पार्टी (राजपा) मा अध्यक्षमण्डल खारेज गर्नुपर्ने माग उठेको छ । जारी पदाधिकारी बैठकमा बिहीबार बोल्ने नेताहरूले सही समयमा कुनै पनि निर्णय गर्न नसकेको, पार्टी संगठनभन्दा पनि गुटगत र व्यक्तिगत स्वार्थमा अध्यक्षमण्डलमा रहेका नेताहरू लागेको भन्दै तत्काल खारेज गर्नुपर्ने आवाज उठेको हो । आइतबारबाट जारी पदाधिकारी...
मनमोहन अधिकारीले नेपालमा विकासको नयाँ मोड सुरु गरे : प्रधानमन्त्री ओली
काठमाडौं १३ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मनमोहन अधिकारीले नेपालमा विकासको नयाँ मोडल सुरु गरेको बताएका छन् ।आज (शुक्रबार) पूर्वा प्रधानमन्त्री एवं तत्कालिन नेकपा (एमाले) का अध्यक्ष मनमोहन अधिकारीको २० औं स्मृति दिवसका अवरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । मनमोहनले सुरु गरेको ‘आफ्नो गाउँ...
पुनर्निर्माणलाई अबको एक वर्षमा पूर्णतामा पुर्याउँछौं : प्रधानमन्त्री ओली
काठमाडौं १२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पले क्षतिग्रस्त संरचना पुनर्निर्माणको काम एक वर्षमा पूरा हुने दाबी गरेका छन् । २०७२ सालमा गोरखाको बारपाक केन्द्रविन्दु भएर विनासकारी भूकम्प गएको चार वर्ष पुगिसके पनि पुनर्निर्माणको काम सन्तोषजनक नभएको भनेर कतिपयले सरकारको आलोचना गरिरहेका बेला प्रधानमन्त्री ओलीको यस्तो भनाइ सार्वजनिक...
प्रदेशका २ मन्त्रालयमा छैनन् सचिव
मकवानपुर, १२ वैशाख । प्रदेश नम्बर ३ का दुई महत्वपूर्ण मन्त्रालयमा सचिव छैनन् । सामाजिक विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मान्त्रालयमा सचिव छैनन् । निमित्तले काम चलाइरहेका छन् । समाजिक विकास मन्त्रालयका सचिव लोकनाथ पोड्यालले काम नगरेको भन्दै मन्त्री युवराज दुलालले उनको कार्यकक्षमा ताला लगाइदिएपछि त्यहाँ सचिव...
प्रदेशसभाको बैठक आउँदो ३० गते बस्ने
हेटौँडा, ११ वैशाख । प्रदेश नं. ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रदेशसभाको बैठक आउँदो ३० गते सोमबारको लागि आह्वान गरेकी छिन् । प्रदेश प्रमुख अनुराधा कोइरालाले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिमको अधिकार प्रयोग गरी मुख्यमन्त्री तथा मन्त्री परिषद्को वैठकले सिफारिस गरी पठाए अनुसार, प्रदेशसभाको चौथो...
मन्त्री जम्कट्टेल कार्यबाहक मुख्यमन्त्री
मकवानपुर, ११ वैशाख । आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेल कार्यबाहक मुख्यमन्त्री तोकिएका छन् । । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलको सिफारिमा प्रदेश प्रमुख अनुराधा कोइरालाले जम्कट्टेललाई कार्यबाहक मुख्यमन्त्री तोकेका हुन् । प्रदेश प्रमुखको सचिवालयका अनुसार, आजबाट लागु हुने गरी जम्कट्टेल कार्यबाहक मुख्यमन्त्री तोकिएका हुन् ।
राष्ट्रपति भण्डारी राजकीय भ्रमणका लागि चीन प्रस्थान
काठमाडौं ११ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी नौ दिने राजकीय भ्रमणका लागि आज चीन प्रस्थान गरेकी छिन् । बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन राष्ट्रपति भण्डारी त्यसतर्फ प्रस्थान गरेकी हुन् । गणतन्त्र स्थापनापछि पहिलोपटक उत्तरी छिमेकी देश चीनले राष्ट्रपतिलाई आफ्नो देशमा स्वागत गर्न लागेको...
नेकपाका ५३ जना नेताहरुले पाए दोहोरो जिम्मेवारी
काठमाडौं ११ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ५३ जना नेताहरुले दोहोरो जिम्मेवारी पाएका छन् । नेकपाका ७७ जिल्ला अध्यक्ष र सचिव बनाइएका १५४ जना नेतामध्ये ५३ जनाले दोहोरो जिम्मेवारी पाएका हुन् । प्रतिनिधिसभाका ११, राष्ट्रियसभाका १, प्रदेशसभाका २४ र स्थानीय तहका जनप्रतिनिधि ७ गरी ४३ जना नेताले...










