प्रदेशसभाको बैठक आउँदो ३० गते बस्ने

तु खबर संवाददाता
२०७६ बैशाख ११, बुधबार १४:३४

हेटौँडा, ११ वैशाख । प्रदेश नं. ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रदेशसभाको बैठक आउँदो ३० गते सोमबारको लागि आह्वान गरेकी छिन् ।

प्रदेश प्रमुख अनुराधा कोइरालाले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिमको अधिकार प्रयोग गरी मुख्यमन्त्री तथा मन्त्री परिषद्को वैठकले सिफारिस गरी पठाए अनुसार, प्रदेशसभाको चौथो अधिवेशन बैठक आह्वान गरेकी हुन् ।

प्रदेशसभाको तेस्रो बैठक गत १० गते राति १२ बजे अन्त्य गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*