राजपामा अध्यक्षमण्डल खारेज गर्नुपर्ने माग

तु खबर संवाददाता
२०७६ बैशाख १३, शुक्रबार १३:११

काठमाडौं १३ वैशाख । राष्ट्रिय जनता पार्टी (राजपा) मा अध्यक्षमण्डल खारेज गर्नुपर्ने माग उठेको छ । जारी पदाधिकारी बैठकमा बिहीबार बोल्ने नेताहरूले सही समयमा कुनै पनि निर्णय गर्न नसकेको, पार्टी संगठनभन्दा पनि गुटगत र व्यक्तिगत स्वार्थमा अध्यक्षमण्डलमा रहेका नेताहरू लागेको भन्दै तत्काल खारेज गर्नुपर्ने आवाज उठेको हो ।

आइतबारबाट जारी पदाधिकारी बैठकमा अध्यक्षमण्डलका संयोजक शरत्सिंह भण्डारीले नियमित महाधिवेशन वा एकता महाधिवेशन गर्ने भन्ने विकल्पमा धारणा राख्न पदाधिकारीहरूलाई आग्रह गरेका थिए । तर, उनीहरूले अध्यक्षमण्डल खारेज गरी सम्पूर्ण अधिकारसहितको महाधिवेशन आयोजक समिति बनाउनुपर्ने माग गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*