वृद्धभत्ता बढाउने प्रधानमन्त्री ओलीको घोषणा
काठमाडौँ ९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटमार्फत वृद्धभत्ता बढाउने घोषणा गरेका छन् ।
सोमबार ७० औं पार्टीं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले गतवर्ष वृद्धभत्ता बढाउन आर्थिक अवस्था नरहेकाले यस वर्ष बढाउने घोषणा गरेका हुन् ।
उनले सरकारले केही गरेनन् भन्नेहरुलाई काम गरेरै जवाफ दिनेसमेत बताए ।
