बच्चा हुर्किएर स्कूल जान थालिसक्यो, न्वारन गर्नुपर्दैन : स्थापित

तु खबर संवाददाता
२०७६ बैशाख १४, शनिबार ०८:५९

मकवानपुर, १४ वैशाख । प्रदेश नं. ३ का तत्कालिन भौतिक योजना मन्त्री केशब स्थापितले प्रदेशको नामाकरण गर्न नसकेको प्रति सरकारको आलोचना गरेका छन् । शनिबार बिहान तु खबरसँग कुराकानी गर्दै स्थापितले बच्चा हुर्किएर स्कूल जान थालिसक्दा पनि न्वारन गर्न नसकिएकोमा आश्चर्य व्यक्त गरे ।

प्रदेश नम्बर ३ को राजधानी टुङ्गो लगाउन तत्काल प्रकृयामा लैजानु पर्ने धारणा राख्दै उनले न्वारन गर्ने काम पनि थाती राख्न नहुने सुझाव दिए । जन्मिएर, हुर्किएर बच्चा स्कूल जान थालिसकेको भएपनि उसको न्वारन नहुनु दुखद भएको स्थापितको भनाई छ ।

मन्त्रीको सपथ लिएको दिन हेटौंडाको सडक १ सय दिनमै बिस्तार गर्ने बताएका स्थापितले तु खबरसँग भने १६ /१६ मिटर विस्तार गर्नुपर्ने बताए । रातोमाटेदेखि राप्तीपुलसम्म बाइपास बनाउनुपर्ने उनको तर्क छ । खोलाको तीरैतीर बस्तीपुरसम्म अर्को बाटो निकाल्नुपर्ने उनले बताए । मुख्यमन्त्रीज्युले गर्नुपर्ने हो, उहाँले जान्ने विषय हो, उनले भने ।

प्रदेशको राजधानी कहाँ रहन्छ त भनी उनलाई सोधिएको थियो । उनले राजधानी र के नाम राख्ने भन्ने दुबै विषयमा आफू नबोल्ने बताए । प्रकृयामा लगिहाले सबै टुङ्गो लाग्ने भन्दै उनले नबोली पनि धेरै कुरा भन्न सकिने बताए । केही दिनअघि नेकपाको कार्यक्रममा मञ्चबाटै उठेर हिँडेका माधबकुमार नेपालको नाम लिँदै उनले उहाँ नबोली हिड्नु भयो, तर धेरै कुरा बोल्नु भयो नि हैन ?

यो पनि पढ्नुहोस् : 

३ महिनामा हेटौँडाको सडक २५ मिटर कायम गर्छु भन्ने मन्त्री स्थापित कता छन् ?

मन्त्री स्थापितले मुख खोले–‘प्रदेश राजधानी हेटौँडामा राखेको बिरोधमा मुख्य मन्त्रीले नै बोल्न दिएनन्’

मन्त्री केशब स्थापितका गफ : लोखर्के गन्ने, सडक फराकिलो पार्नेदेखि प्रदेश ३ लाई धुलोमुक्त बनाउनेसम्म

रात्रिभोजको १० लाख बजेटमा स्थापितको कमेडी–‘रमाईलो गर्न अर्को १० लाख थपौँ’, मुख्यमन्त्रीको आग्रह–‘विरोध नगरीदिनुस्’

विवादै विवादको बिच यसरी गुम्यो मन्त्री स्थापितको पद

‘स्थापितलाई यसकारण बर्खास्त गरेको हुँ’–मुख्यमन्त्री पौडेल

बर्खास्त भएको जानकारी पाएको छैन–स्थापित

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*