बर्खास्त भएको जानकारी पाएको छैन–स्थापित

२०७५, १७ कार्तिक शनिबार ०८:४४

मकवानपुर, १७ कात्तिक । प्रदेश नम्बर ३ का भौतिका पूर्वाधार विकास मन्त्री केशव स्थापितले आफुलाई बर्खास्त भएको आधिकारिक जानकारी नआएको बताएका छन् ।

मुख्यमन्त्री डोरमणि पौडेलले आफुले सबैसँग छलफल गरेर बर्खास्त गरेको स्किारीसकेको अवस्थामा पत्रपत्रिकामा समाचार छापेको भएपनि आफुलाई त्यस्तो आधिकारिक जानकारी नआएको स्थापितले बताए । आजको हेटौँडा सन्देश दैनिकमा समाचार छ ।

शुक्रबार साँझसम्म पनि आफुलाई कुनै आधिकारिक पत्र, म्यासेज, इमेल वा फोन सम्म नआएको बताए । आधिकारिक जानकारी आएपछि प्रधान्त्रीसँग छलफल गर्ने उनले बताए ।