‘स्थापितलाई यसकारण बर्खास्त गरेको हुँ’–मुख्यमन्त्री पौडेल

२०७५, १७ कार्तिक शनिबार ०८:२६

मकवानपुर, १७ कात्तिक । प्रदेश नम्बर ३ का भौतिका पूर्वाधार विकास मन्त्री केशव स्थापितलाई आफुले सबैसँग छलफल गरेर बर्खास्त गरेको मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् । प्रधानमन्त्रीदेखि, पार्टी नेतृत्वका केही नेता र प्रदेशका सबै मन्त्रीसँग छलफल गरेर स्थापितलाई बर्खास्त गरेको पौडेलले बताएका छन् । आजको हेटौँडा सन्देश दैनिकमा समाचार छ ।

‘उहाँको व्यवहार र अपशब्दका कारण मैले निर्णय लिन बाध्य भएको हुँ’, मुख्यमन्त्री पौडेलले भने । उनले बैठकमा आफु सामान्य रुपमा प्रस्तुत भएपनि स्थापितले पटक–पटक अमर्यादित व्यवहार गरेको दाबी गरे ।