मन्त्री स्थापितले मुख खोले–‘प्रदेश राजधानी हेटौँडामा राखेको बिरोधमा मुख्य मन्त्रीले नै बोल्न दिएनन्’

२०७५, ३ बैशाख सोमबार १८:४६

काठमाडौँ, ०३ बैशाख । राजधानीका विषयमा कडा रुपमा प्रस्तुत हुँदै आएपनि केही समययता चुपचाप बसेका प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितले आज मौनता तोडेका छन् । लामो समयपछि पून उनले प्रदेश राजधानी हेटौंडामा राखेको आफूलाई चित्त नबुझेको बताएका छन् ।

ललितपुरमा सोमबार आयोजित कार्यक्रममा उनले एमालेकै कतिपय नेताहरु हेटौंडाबाट राजधानी सार्न हुन्न भन्ने मत राखे पनि आफ्नो त्यसमा सहमति नभएको बताए । उनले हेटौँडाबाट राजधानी सार्ने नभइ अन्तै तोक्ने भनेको बताए । अहिले मुख्यमन्त्रीले समेत राजधानीका बारेमा बोल्न नदिएको भन्दै उनले आफु हेटौँडामा लोखर्के गनेर बसेको बताए । उनले ठट्यौली पारामा अब हेटौँडा गएर बिउ सार्ने समेत बताएका छन् । आफूलाई मन्त्री भएजस्तोसमेत नलागेको भन्दै उनले गाडीमा झण्डासमेत नहालेको टिप्पणी गरे ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...