फोरम नेपाल र नयाँ शक्तिबीच २३ गते पार्टी एकता गर्ने तयारी

तु खबर संवाददाता
२०७६ बैशाख १९, बिहीबार १६:०९

काठमाडौं १९ वैशाख । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिबीच २३ गते पार्टी एकता गर्ने आन्तरिक  तयारी गरेका छन् ।

स्रोतका अनुसार दुई दलको वार्ता समिति स्तरमा छलफल टुंगिएको छ । दुबै पार्टीका अध्यक्ष एकीकृत पार्टीको अध्यक्ष हुनेछन् ।

संघीय परिषद्को अध्यक्षता डा. बाबुराम भट्टराई र केन्द्रीय समितिको अध्यक्षता उपेन्द्र यादवले गर्ने सहमति जुटेको छ । पार्टीको पदाधिकारीमा फोरमबाट १६ र नयाँ शक्तिबाट ९ जना रहनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*