राजनीति/ समाज
जब थाहै नदिई भत्काइयो घर, स्थानीय आक्रोशित
रामेछाप (मन्थली )– मन्थली नगरपालिकाका स्थानीयले नगरपालिकाले सडक बिस्तार गर्दा सूचना बिना नै डोजर लगाएर घर भत्काएको आरोप लगाएका छन् । नगरपालिकाले मापदण्ड बमोजिम सडक बिस्तार गर्नु ठिक भए पनि सडक बिस्तार र ब्यक्तिको घर भत्काउदा आफूहरुलाई थाहा नै नदिई एक लौटी ढंगले घर भत्काएर घर भित्र भएका सामाग्री...
नेपालमै भारतीयको घेरामा सांसद !
बाँके / नरैनापुरमा हाटबजार लागेको थियो । हाटबजारमा भारतीय पसले र किनमेल गर्न आउनेको संख्या ठूलै थियो । हाटबजारमा पसल थाप्न आएका भारतीय नागरिक देवीदिन विश्वकर्माको साथबाट ५ किलो चरेश फेला प¥यो । प्रहरीले उनलाई नियन्त्रणमा लियो । यो समाचार आजको नेपाल समाचारपत्र मा छ । यो घटना शुक्रबार...
मिडिया काउन्सील विधेयक काँग्रेसले संसदबाट पास हुन नदिने
विराटनगर ४ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको मिडिया काउन्सीलसम्बन्धी विधेयक कांग्रेसले कुनैपनि हालतमा सदनबाट पास गर्न नदिने बताएका छन् । शनिवार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवा मिडिया काउन्सीलसम्बन्धी विधेयक कांग्रेसले कुनैपनि हालतमा सदनबाट पास गर्न नदिने बताएका हुन् । उनले भने, ‘प्रेस...
नेपाली काँग्रेसले ७ प्रदेशका १४ स्थानमा दुई दिने प्रशिक्षण दिने
काठमाडौं ४ वैशाख । नेपाली काँग्रेसले ७ प्रदेशका अलग–अलग १४ स्थानमा महाधिवेशन प्रतिनिधिहरूका लागि दुईदिने प्रशिक्षण दिने भएको छ । जेठपछि आगामी भदौसम्म पार्टीका आधारभूत सिद्धान्त र काँग्रेसका विचारसहितका विषयमा प्रशिक्षण दिने भएको हो । काँग्रेसले क्रियाशील सदस्यहरूका लागि एकदिने आधारभूत प्रशिक्षण कार्यक्रम गरिने र महाधिवेशन प्रतिनिधिहरूका लागि प्रतिष्ठानले बनाएको...
काठमाडौंसहित देशका विभिन्न भागमा ‘नेपाली कांग्रेस मेला’ हुने
काठमाडौं ३ जेठ । नेपाली काँग्रेको आयोजनामा काठमाडौंसहित देशका विभिन्न भागमा ‘नेपाली कांग्रेस मेला’ हुने भएको छ । शुक्रबार बसेको केन्द्रीय अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले काठमाडौंसहित देशका विभिन्न भागमा ‘कांग्रेस मेला’ कार्यक्रमा गर्ने निर्णय गरेको हो । बैठकले बिभिन्न कार्यक्रम आयोजना गरी ३ दिनसम्म गणतन्त्र दिवस मनाउने निर्णय...
पार्टीलाई निर्वाचनमा हराउनेहरु आफूविरुद्ध उभिएको सभापति देउवाको दाबी
काठमाडौं ३ जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई निर्वाचनमा हराउनेहरु आफूविरुद्ध उभिएको दाबी गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको ११ औं राष्ट्रिय महाधिवेशनमा बोल्दै सभापति देउवाले पार्टीलाई निर्वाचनमा हराउनेहरु आफूविरुद्ध उभिएको दाबी गरेका हुन् । सभापति देउवाले पार्टीभित्र बलशाली भएकाले पार्टी संकटमा फसेको तर्क...
‘सेनाले भारतीय हुनसक्छ भनेर लाश बगाउन लागे, तर हामीले दिएनौँ । त्यो त मदन भण्डारीकै लाश रहेछ’
दुई हजार पचास साल जेठ ४ गते । चितवनको चर्को घाम । विहानको करीब ११ बजेको समयमा गाँजीपुरसँग जोडिएको नारायणी नदीमा माछा मार्न ४ जनाको समूहमा साथीहरुसँग गएका थियौँ । नदीमा माछा मारेर नै हामीहरुको जीवन धान्नुपथ्र्यो । त्यसबेला नारायणीमा एकदमै धेरै माछा पाइन्थ्यो । छप्की जालमा माछा पर्दै...
प्रदेश मन्त्री कैलाश ढुङ्गेलले के भनेको यस्तो – नीजि बैंक उडे, सरकारी गुडे ?’
मकवानपुर, ०३ जेठ । प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले बैंकहरुले किसानलाई हेर्ने दृष्टिकोण फेर्नु पर्ने बताएका छन् । प्रदेश नीति तथा योजना आयोगको आयोजना तथा कृषि विकास बैंकको व्यवस्थापनमा कृषि विकास बैंकको वित्तीय हस्तान्तरण सम्बन्धि अन्तरक्रिया कार्यक्रममा उनले किसानले बैंकबाट सहज रुपमा ऋण...
प्रदेश राजधानी हेटौंडाबाट नसार्न माग
मकवानपुर, ०३ जेठ । हेटौंडामा रहेको ३ नम्बर प्रदेशको राजधानी अन्यत्र नसार्न माग गरिएको छ । नेपाली काँग्रेसकी साँसद गिता वाग्लेले राजधानी अन्यत्र सार्न सत्ता पक्षकै साँसदहरु लागिपरेको आरोप लगाएकी आजको हेटौंडा सन्देश दैनिकमा खबर छ । प्रदेशको स्थायी राजधानी तोक्ने सम्बन्धि कार्यविधिमाथि प्रदेशसभामा छलफलमा भाग लिँदै उनले मुख्यमन्त्री...
नेकपाको बैठक : पत्रकारको संयोजकमा महेश्वर दाहाल र सहसंयोजकमा बस्नेत
काठमाडौँ, ०२ जेठ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बसेको वैठकले जनवर्गीय संगठनको नेतृत्वमा सहमति जुटाएको छ । अन्य जनवर्गीय संगठनको नेतृत्वमा पनि सहमित जुटेको छ । सहमित अनुसार, प्रेस संगठनको केन्द्रीय संयोजकमा महेश्वर दाहाल हुने सहमति भएको छ । उनी तत्कालिन प्रेस सेन्टरका अध्यक्ष हुन् भने सहसंयोजकमा गणेश...








