काठमाडौंसहित देशका विभिन्न भागमा ‘नेपाली कांग्रेस मेला’ हुने

तु खबर संवाददाता
२०७६ जेष्ठ ३, शुक्रबार १७:३७

काठमाडौं ३ जेठ । नेपाली काँग्रेको आयोजनामा काठमाडौंसहित देशका विभिन्न भागमा ‘नेपाली कांग्रेस मेला’ हुने भएको छ ।

शुक्रबार बसेको केन्द्रीय अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले काठमाडौंसहित देशका विभिन्न भागमा ‘कांग्रेस मेला’ कार्यक्रमा गर्ने निर्णय गरेको हो ।

बैठकले बिभिन्न कार्यक्रम आयोजना गरी ३ दिनसम्म गणतन्त्र दिवस मनाउने निर्णय गरेको छ ।

जेठ १४ गते ‘गणतन्त्रको एक दशक’ विषयक अन्तरक्रिया कार्यक्रम गर्ने, १५ गते विहान प्रभातफेरी, साँझ दीप प्रज्वलन र १६ गते संघीयताको कार्यान्वयन विषयक विचार गोष्ठी आयोजना गर्ने निर्णय गरिएको कांग्रेसले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*