नेपाली काँग्रेसले ७ प्रदेशका १४ स्थानमा दुई दिने प्रशिक्षण दिने

तु खबर संवाददाता
२०७६ जेष्ठ ४, शनिबार ११:५१

काठमाडौं ४ वैशाख । नेपाली काँग्रेसले ७ प्रदेशका अलग–अलग १४ स्थानमा महाधिवेशन प्रतिनिधिहरूका लागि दुईदिने प्रशिक्षण दिने भएको छ ।

जेठपछि आगामी भदौसम्म पार्टीका आधारभूत सिद्धान्त र काँग्रेसका विचारसहितका विषयमा प्रशिक्षण दिने भएको हो ।

काँग्रेसले क्रियाशील सदस्यहरूका लागि एकदिने आधारभूत प्रशिक्षण कार्यक्रम गरिने र महाधिवेशन प्रतिनिधिहरूका लागि प्रतिष्ठानले बनाएको पाठ्यक्रम अनुसारको तालिम दिने तयारी भएको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*