राजनीति/ समाज
विप्लवलाई मूलधारको राजनीतिमा ल्याउन सरकार प्रतिवद्ध रहेको गृहमन्त्री थापाको भनाई
काठमाडौं १३ जेठ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले विप्लव नेतृत्वको नेकपालाई वार्ताद्वारा मूलधारको राजनीतिमा ल्याउन सरकार प्रतिवद्ध रहेको बताएका छन् । राजधानीमा घटेको बम विस्फोटबारे सोमबार संसदलाई जानकारी दिँदै गृहमन्त्री थापाले वार्तामार्फत विप्लव नेतृत्वको नेकपालाई मूलधारको राजनीतिमा ल्याउन सरकारले प्रक्रिया अगाडि बढाइसकेको बताएका हुन् । उनले राजधानीमा भएका...
पार्टी एकतामा कसैलाई ‘कम्फर्टेबल’ भएको छैन भने त्यो व्यक्तिको समस्या हो, पार्टीको होइन : प्रचण्ड
काठमाडौँ १३ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता असाधारण र दूरगामी महत्वको राजनीतिक परिघटना भएको बताएका छन् । सोमबार पेरिसडाँडामा आयोजित १७ औं कृष्ण सेन स्मृति दिवस तथा पुरस्कार वितरण कार्यक्रममा सम्बोधन गदै प्रचण्डले विचारविहीन एकता र पूरानै विचारले एकता गरेको कसैलाई...
काँग्रेसको विकल्प अन्य पार्टी छैन : नेता केसी
मकवानपुर १२ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले नेपालको लागि कांग्रेसको विकल्प अन्य पार्टी र शक्ति नभएको बताएका छन् । आईतबार नेपाली काँग्रेस हेटौँडा उपमहानगर समितिको आयोजनामा पदमपोखरीमा भएको जागरण अभियानमा बोल्दै प्रमुख अतिथि नेता केसीले कांग्रेसबाहेक कुनै लोकतान्त्रिक शक्ति नेपालको भविष्य निर्माणको विकल्पमा अहिलेसम्म...
उपराष्ट्रपति नन्दबहादुर पुन अष्ट्रिया प्रस्थान
काठमाडौं १२ जेठ । उपराष्ट्रपति नन्दबहादुर पुन आइतबार बिहान अष्ट्रियाको भियना प्रस्थान गरेका छन् । उपराष्ट्रपति पुन आगामी जेष्ठ १४ गते अष्ट्रियाको राजधानी भियनामा सुरु हुने ‘अष्ट्रियन विश्व शिखर सम्मेलन’मा भाग लिन त्यसतर्फ प्रस्थान गरेका हुन् । उपराष्ट्रपति पुनले भियनामा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी अष्ट्रियन विश्व शिखर सम्मेलनलाई सम्बोधन...
उपराष्ट्रपति पुन आइतबार भियना जाँदै
काठमाडौँ १० जेठ । अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनको निमन्त्रणामा उपराष्ट्रपति नन्दबहादुर पुन जलवायुसम्बन्धी कार्यक्रममा भाग लिन आगामी आइतबार भियना जाने भएका छन् । यही जेठ १४ मा हुने आर २० नामक अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी हुन उपराष्ट्रपति पुन त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनाएको छ...
काँग्रेसका सभापति देउवाद्वारा मोदीलाई बधाई
काठमाडौं १० जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई बधाई तथा शुभकामना दिएका छन् । सभापती देउवाले भारतमा भर्खरै सम्पन्न लोकसभाको निर्वाचनमा भारतीय जनता पार्टीले ठूलो सफलता हासिल गरेकामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष...
विप्लव समूहका घोराही इन्चार्ज थारुद्वारा पार्टी परित्याग
दाङ १० जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व समूहका दाङ जिल्ला कमिटी सदस्य तथा घोराही नगर इन्चार्ज रहेका सहदेव थारू ‘बिहानी’ले पदबाट राजीनामा दिएका छन् । उनले बिहीबार घोराहीमा पत्रकार सम्मेलन गरी आफूलाई पार्टीको नीति, सिद्धान्त, विचार मन नपरेको कारण देखाउँदै पार्टीबाट राजीनामा दिएको बताए । पछिल्लो समय विप्लव...
निजी क्षेत्रले शिक्षामा गरेको लगानी सुरक्षित हुने : प्रधानमन्त्री
काठमाडौं ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रले शिक्षामा गरेको लगानी सुरक्षित हुने पनि स्पष्ट पारेका छन् । बिहीबारबाट काठमाडौंमा सुरु भएको हिसान शैक्षिक मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारी विद्यालयको स्तरमाथि उठाएपछि निजी क्षेत्रमा पढाउन कसैले पनि नलैजाने पनि बताए । तर, सरकारी विद्यालयले गुणस्तरीय शिक्षा...
प्रधानमन्त्री ओलीद्वारा मोदीलाई बधाई
काठमाडौं ९ जेठ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् । लोकसभा निर्वाचनको मतगणना चलिरहेका बेला प्रधानमन्त्री ओलीले आफ्नो व्यक्तिगट ट्विटरबाट मोदीलाई भयंकर ठूलो जित हासिल गरेको भन्दै बधाई दिएका हुन् । बिहीबार विहान सुरु भएको लोकसभा निर्वाचनको मतगणनामा हालसम्म मोदी नेतृत्वको भारतीय...
कहिँ नभएको जात्रा हेटौंडामा, मुख्यमन्त्री/सीडिओ / नापीलगायतका कार्यालयमा सर्वसाधारणले सवारी लिएर जान नपाउने
मकवानपुर, ९ जेठ । कहिँ नभएको जात्रा हेटौंडामा सुरु भएको छ । नागरिकता बनाउन सीडिओ कार्यालय जाने, नापनक्सा निकाल्न नापी कार्यालय जाने सर्वसाधारणहरु सवारीसाधन लिएर सो कार्यालयहरुमा जान नपाउने भएका छन् । सर्वसाधारणहरुलाई उपमहानगरपालिका र लोकसेवा आयोग हेटौंडा कार्यालय रहेको मुखमै ट्राफिक प्रहरीले रोकिरहेको छ । प्रहरीका अनुसार, सोही...









