निजी क्षेत्रले शिक्षामा गरेको लगानी सुरक्षित हुने : प्रधानमन्त्री
काठमाडौं ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रले शिक्षामा गरेको लगानी सुरक्षित हुने पनि स्पष्ट पारेका छन् ।
बिहीबारबाट काठमाडौंमा सुरु भएको हिसान शैक्षिक मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारी विद्यालयको स्तरमाथि उठाएपछि निजी क्षेत्रमा पढाउन कसैले पनि नलैजाने पनि बताए ।
तर, सरकारी विद्यालयले गुणस्तरीय शिक्षा नदिएसम्म निजी विद्यालय चलाउन पाउने प्रधानमन्त्री ओलीको भनाई छ ।
प्रधानमन्त्री ओलीले निजी क्षेत्रलाई शिक्षामा लगानी बढाउन पनि आह्वान गरे ।
