राजनीति/ समाज

राप्रपाको दास्रो चरणको स्वाभिमान यात्रा शुक्रबारदेखि सुरु हुने

मकवानपुर २३ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को दोस्रो चरणको ‘राष्ट्रिय स्वाभिमान यात्रा’ शुक्रबारदेखि सुरु हुने भएको छ । बिहीबार मिडिया नेपाल र राप्रपा कास्कीद्वारा संयुक्तरुपमा आयोजित कार्यक्रममा राप्रपाका अध्यक्ष कमल थापाले आम जनतालाई जागरुक बनाउन र सरकारमाथि दबाब सिर्जना गराउने उद्देश्यले ‘राष्ट्रिय स्वाभिमान यात्रा’ सुरु हुने जानकारी...

‘काँग्रेसको लागि जागरण अभियान ट्याबलेट हो’ : प्रवक्ता शर्मा

चितवन २२ जेठ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जागरण अभियानले आम कार्यकर्तामा संवादको थालनी भएको बताएका छन् । बुधबार (आज) पत्रकारसँग कुराकानी गर्दै प्रवक्ता शर्माले जागरण अभियानले काँग्रेसको गाडीलाई कुन दिशामा लैजाने भन्ने कुराको पुष्टि गर्ने बताए । उनले भने, ‘काँग्रेसको रुपान्तरणका लागि जागरण अभियान पनि एउटा ट्याबलेट...

इदुल्ल फित्रमा प्रधानमन्त्री ओलीको शुभकामना

काठमाडौं २२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीको चाड इदुल्ल फित्रले सबै धर्म र संस्कृति अँगाल्ने नेपालीबीच सौहार्दता र राष्ट्रिय एकताको भावना मजबुत पार्ने विश्वास व्यक्त गरेका छन् । इदुल्ल फित्रको अवसरमा बुधबार एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । ‘उत्साहको यही...

मकवानपुरको राक्सिराङमा नेकपाको दुईदिने प्रशिक्षण

मकवानपुर २२ जेठ । मकवानपुरेको राक्सिराङ गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टीले दुई दिवसीय प्रशिक्षण सुरु गरेको छ । राक्सिराङ गाउँपालिका वडा नं. ३ मा आयोजना भएको प्रशिक्षणमा राक्सिराङ गाउँपालिकाका ९ वटै वडाका संयोजक र सह–संयोजकहरु अनिबार्य रुपमा सहभागी गराइएको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य लालबहादुर थापाले बताए । उनका अनुसार...

राष्ट्रपति भण्डारी नेपालगञ्ज प्रस्थान

बाँके २१ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारी मुसलमान समुदायको रोजा ‘इफ्तार’ कार्यक्रममा सहभागी हुन आज नेपालगञ्ज गएकी छिन् । उनी अपराह्न साढे २ बजे नेपालगञ्ज विमानस्थलमा पुगेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । साँझ साढे ५ बजे नेपालगञ्जस्थित सिद्धार्थ कटेजमा शुरु हुने रोजा इफ्तार कार्यक्रममा राष्ट्रपति भण्डारी सहभागी हुने कार्यक्रम...

नेकपाको कार्य विभाजन टुंग्याउन प्रधानमन्त्री निवासमा चार नेताको बैठक जारी

मकवानपुर २१ जेठ । पार्टीको कार्य विभाजनबारे टुंगो लगाउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  का शीर्ष नेताहरु गृहकार्यमा जुटेका छन् । बालुवाटार निकट स्रोतका अनुसार मंगलबार दिउँसो तीन बजेका लागि बोलाइएको सचिवालय बैठक अघिनै सहमति जुटाउने गरी चार नेताको बैठक बिहानैदेखि प्रधानमन्त्री निवासमा जारी छ । बैठकमा नेकपाका दुई अध्यक्ष...

‘विप्लव’ माओवादीले प्रहरी चौकीमा आक्रमणको प्रयास गरेपछि गृह मन्त्रालयमा बैठक

काठमाडौं, २० जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्कामा प्रहरी चौकीमा आक्रमण प्रयास गरेपछि गृह मन्त्रालयमा आकस्मिक बैठक डाकिएको छ । प्रहरी चौकीमा आक्रमण प्रयास र सुरक्षाकर्मीलाई सुरक्षित स्थानमा सारिएको विषयमा गृहमन्त्री रामबहादुर थापाले सुरक्षा प्रमुखहरूको आकस्मिक बैठक डाकेका हुन् । बैठकमा नेपाल प्रहरी,...

नेकपा सचिवालय बैठक स्थगित

काठमाडौं २० जेठ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सोमवार निर्धारित केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ । दुई अध्यक्षबीच छलफल गर्नुपर्ने भन्दै सत्तारुढ नेकपाको सोमवार निर्धारित केन्द्रीय सचिवालय बैठक स्थगित भएको हो । महासचिव विष्णु पौडेलले सचिवालय सदस्यहरुलाई बैठक स्थगनको सूचना पठाएका हुन् । दुई नेताबीच प्रचण्डको...

कांग्रेसको जागरण अभियान प्रभावकारी हुन सकेन : नेता सिंह

काठमाडौं २० जेठ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियान प्रभावकारी हुन नसकेको बताएका छन् । सोमबार बिहान ठमेलस्थित आफ्नै निवासमा कांग्रेसका जिल्ला समन्वय समितिका सभापति तथा पदाधिकारीहरुसँगको भेटघाटमा बोल्दै नेता सिंहले सो कुरा बताएका हुन् । सरकारलाई खबरदारी गर्न र पार्टी सदृढ गर्न...

काँग्रेसका सदस्य स्याङ्तानको श्रद्धाञ्जलीसभा

मकवानपुर १९ जेठ । नेपाली काँग्रेसका क्रियाशील सदस्य कुलबहादुर स्याङ्तानको श्रद्धाञ्जलीसभा भएको छ । मकवानपुरको मनहरी गाउँपालिका वडा नंं ८ निवासी स्याङ्तानको ७५ वर्षको उमेरमा शनिबार निधन भएको थियो । आइतबार काँग्रेसको झण्डा ओढाएर उनको श्रद्धाञ्जलीसभासहित अन्त्येष्टी गरिएको काँग्रेस ४ नम्बर क्षेत्रीय सचिव प्रकाश बर्तौलाले जानकारी दिए । काँग्रेस...