काँग्रेसका सदस्य स्याङ्तानको श्रद्धाञ्जलीसभा
मकवानपुर १९ जेठ । नेपाली काँग्रेसका क्रियाशील सदस्य कुलबहादुर स्याङ्तानको श्रद्धाञ्जलीसभा भएको छ । मकवानपुरको मनहरी गाउँपालिका वडा नंं ८ निवासी स्याङ्तानको ७५ वर्षको उमेरमा शनिबार निधन भएको थियो ।
आइतबार काँग्रेसको झण्डा ओढाएर उनको श्रद्धाञ्जलीसभासहित अन्त्येष्टी गरिएको काँग्रेस ४ नम्बर क्षेत्रीय सचिव प्रकाश बर्तौलाले जानकारी दिए ।
काँग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डीनॉसहितका नेताहरुले स्याङ्तानको शरीरमा कांग्रेसको झण्डा ओढाएका हुन् । क्रियाशील सदस्य कुलबहादुर स्याङ्तानको निधनले काँग्रेस मकवानपुरलाई अपुरणीय क्षती पुगेको कांग्रेस नेतृ डीनाको भनाई थियो ।
स्याङ्तानलाई श्रद्धाञ्जली दिन कांग्रेस मकवानपुर सचिव बुद्ध लामा, कांग्रेस नेता भरत पराजुली, शंकर न्यौपाने, जिल्ला सदस्यहरु भीमसेन महत, कमला मैनाली, नवराज सुवेदी, महिला संघ मकवानपुर सचिव निलम देवकोटा, महासमिति सदस्य रञ्जन कालाखेती, ४ नम्बर क्षेत्रीय सभापति लोक मुक्तान, उपसभापति नुरज पौडेल, महिला संघ क्षेत्रीय सभापति जानकी लामा र तरुण दल मनहरी अध्यक्ष स्वतन्त्र उप्रेतीलगायतका नेताहरु पुगेका थिए ।
