राष्ट्रपति भण्डारी नेपालगञ्ज प्रस्थान

तु खबर संवाददाता
२०७६ जेष्ठ २१, मंगलवार १६:५३
file-photo

बाँके २१ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारी मुसलमान समुदायको रोजा ‘इफ्तार’ कार्यक्रममा सहभागी हुन आज नेपालगञ्ज गएकी छिन् ।

उनी अपराह्न साढे २ बजे नेपालगञ्ज विमानस्थलमा पुगेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

साँझ साढे ५ बजे नेपालगञ्जस्थित सिद्धार्थ कटेजमा शुरु हुने रोजा इफ्तार कार्यक्रममा राष्ट्रपति भण्डारी सहभागी हुने कार्यक्रम छ ।

राष्ट्रपतिको सचिवालयका उपसचिव शर्माका अनुसार राष्ट्रपति भण्डारी आज नेपालगञ्जमै बसेर बुधबार बिहान बाँकेको वैजनाथ गाउँपालिका–५ जीगाउँस्थित प्रभात माध्यमिक विद्यालयको ५० औंँ वार्षिकोत्सव तथा स्तम्भ अनावरण कार्यक्रममा सहभागी हुनेछिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*