राजनीति/ समाज
संविधान विपरित लोकसेवा आयोगले विज्ञापन आव्हान गरेको भन्दै राजपाको गम्भीर आपत्ति
काठमाडौं १९ जेठ । राष्ट्रिय जनता पार्टी (राजपा) ले संविधानले गरेको व्यवस्था विपरित लोकसेवा आयोगले प्रदेशलाई समेत बेवास्ता गरि कर्मचारी परिपूर्तिका लागि विज्ञापन आव्हान गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै राजपाका सांसद लक्ष्मणलाल कर्णले सरकार र संवैधानिक निकायले संविधानको कार्यान्वयन नगरेको आरोप लगाए ।...
विप्लव लगायतका कम्युनिष्ट समूहहरुलाई एउटै कम्युनिष्ट पार्टीमा सहभागि हुन आग्रह
काठमाडौँ १९ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विप्लवलगायतका कम्युनिष्ट समूहहरुलाई एउटै कम्युनिष्ट पार्टी बनाउने आफ्नो अभियानमा सहभागि हुन आग्रह गरेका छन् । आइतबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा विप्लवका पोलिटब्यूरो सदस्य पदम राईलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले यस्तो आग्रह गरेका हुन् । उनले...
प्रधानमन्त्री ओली आज भारत प्रस्थान
काठमाडौं १६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आज भारत प्रस्थान गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बिहिबार साँझ हुने सपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली त्यसतर्पm प्रस्थान गरेका हुन् । प्रधानमन्त्री ओली भोलि शुक्रबार स्वदेश फर्किनेछन् ।
जनताको चाहना विपरित बजेट आएको काँग्रेसको निष्कर्ष
काठमाडौं १६ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले जनताको चाहना प्रतिकूल हुनेगरी बजेट ल्याएको निष्कर्ष निकालेको छ । बिहीबार सिंहदरबारमा बसेको संसदीय बैठकले सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट जनताको चाहना प्रतिकूल हुने गरी आएको निष्कर्ष निकालेको हो । नेपाली जनताको चाहना विपरित बजेट आएको निष्कर्ष...
प्रधानमन्त्री ओलीको कार्यालयमा एक्सन रुम
मकवानपुर १५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यालयमा एक्सन रुम सञ्चालनमा ल्याएका छन् । उक्त एक्सन रुमको बुधबार उद्घाटन भएको छ । विकास आयोजनाको अनुगमन तथा मुख्यमन्त्रीहरुसँग विभिन्न विषयमा छलफलका लागि उनले तत्काल समस्या समाधान कक्ष (एक्सन रुम) सञ्चालनमा ल्याएका हुन् । प्रधानमन्त्रीले एक्सम रुम उद्घाटन गरेर...
जहाँ प्रेस स्वतन्त्रता हुँदैन, त्यहाँ लोकतन्त्रनै हुँदैन : सभापती देउवा
काठमाडौं १५ जेठ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट नेतृत्वको वर्तमान सरकारले लोकतन्त्रमाथि हमला गर्न सुरु गरेको आरोप लगाएका छन् । गणतन्त्र दिवसको अवसर पारेर बुधबार काठमाडौंको शान्ति बाटिकामा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै सभापती देउवाले लोकतन्त्रको लागि लडेको कांग्रेसले नै यसको रक्षा गर्नुपर्ने बताए ।...
सरकारविरुद्ध नेविसंघको प्रर्दशन
काठमाडौं १४ जेठ । नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले मंगलबार सरकारविरुद्ध प्रदर्शन गरेको छ । संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता र संविधान विपरीत भएकोले खारेज गर्न माग गर्दै नेविसंघले सरकार विरुद्ध प्रदर्शन गरेकोे हो । प्रेस, न्यायालय, विश्वविद्यालय सबैलाई आफ्नो नियन्त्रणमा लिएर...
प्रधानमन्त्री ओली दिल्ली भ्रमण जाने
काठमाडौं १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आउँदो विहिबार भारत जाने भएका छन् । प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन बिहीबार भारत जाने भएका हुन् । ओलीसँगै परराष्ट्र सल्लाहकार राजन भट्टराई साथै परराष्ट्र मन्त्रालयका अधिकारी पनि दिल्ली जानेछन् । भारतीय प्रधानमन्त्री...
सुकेधारा बम विस्फोटमा ज्यान गुमाउने सबै विप्लव समूहका कार्यकर्ता
काठमाडौं १३ जेठ । सुकेधारा बम विस्फोटमा मृत्यु भएका तीनै जना नेकपा विप्लव समूहका कार्यकर्ता भएको अनुसन्धानबाट खुलेको छ । आईतबार सुकेधारास्थित एक सैलुनमा बम बनाउने क्रममा विस्फोट हुँदा एक जनाको घटनास्थलमा मृत्यु भएको थियो भने दुई जनाको ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । सोमबार तीनै जनाको...
नेकपा रुपन्देहीका जिल्ला सचिव जिसीसहित १७३ जनाले लिए सपथ
बुटवल १३ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रुपन्देहीका जिल्ला सचिव निर्मल जिसीसहित १७३ जनाले सपथ ग्रहण गरेका छन् । सोमबार बुटवलमा एक समारोहमा नेकपा महासचिव विष्णु पौडेलले जिल्ला सचिव जिसीसहित १७३ जनालाई सपथ गराएका हुन् । जिल्ला अध्यक्ष शिव सुवेदीले यसअघि नै सपथ लिइसकेका थिए । नेकपा रुपन्देहीका...









