संविधान विपरित लोकसेवा आयोगले विज्ञापन आव्हान गरेको भन्दै राजपाको गम्भीर आपत्ति

तु खबर संवाददाता
२०७६ जेष्ठ १९, आईतवार १३:४४

काठमाडौं १९ जेठ । राष्ट्रिय जनता पार्टी (राजपा) ले संविधानले गरेको व्यवस्था विपरित लोकसेवा आयोगले प्रदेशलाई समेत बेवास्ता गरि कर्मचारी परिपूर्तिका लागि विज्ञापन आव्हान गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै राजपाका सांसद लक्ष्मणलाल कर्णले सरकार र संवैधानिक निकायले संविधानको कार्यान्वयन नगरेको आरोप लगाए ।

उनले संविधान विपरित लोकसेवा आयोगले विज्ञापन आव्हान गरेको भन्दै सच्याउन सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

लोकसेवा आयोगले संघीय कर्मचारीको मात्रै नियुक्ति गर्नुपर्नेमा समग्र मुलुकभरका लागि विज्ञापन आव्हान गरिएकोप्रति उनले गम्भिर आपत्ति जनाए ।

लोकसेवा आयोगले निकालेको विज्ञापनको विरोध भइँरहदा पनि सच्याउनुको सट्टा आफुले गरेको काम ठिक भनेको भन्दै उनले आक्रोश पोखे । उनले प्रदेशमा पनि लोकसेवा आयोग रहने व्यवस्था संविधानमा गरिएको तर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*