सुकेधारा बम विस्फोटमा ज्यान गुमाउने सबै विप्लव समूहका कार्यकर्ता
काठमाडौं १३ जेठ । सुकेधारा बम विस्फोटमा मृत्यु भएका तीनै जना नेकपा विप्लव समूहका कार्यकर्ता भएको अनुसन्धानबाट खुलेको छ ।
आईतबार सुकेधारास्थित एक सैलुनमा बम बनाउने क्रममा विस्फोट हुँदा एक जनाको घटनास्थलमा मृत्यु भएको थियो भने दुई जनाको ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
सोमबार तीनै जनाको सनाखत भएको प्रहरी स्रोतले जनाएको छ । मृत्यु हुनेहरुमा कालिकोटका विभुराम भन्ने दिपेश विक, दाङको बबई गाउँपालिकाका गोकुल राना मगर र ठेगाना नखुलेका निरन्तर मल्ल रहेका छन् । घटनामा ५ जना घाइते भएका छन् ।
