सरकारविरुद्ध नेविसंघको प्रर्दशन

तु खबर संवाददाता
२०७६ जेष्ठ १४, मंगलवार १४:२८

काठमाडौं १४ जेठ । नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले मंगलबार सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता र संविधान विपरीत भएकोले खारेज गर्न माग गर्दै नेविसंघले सरकार विरुद्ध प्रदर्शन गरेकोे हो ।

प्रेस, न्यायालय, विश्वविद्यालय सबैलाई आफ्नो नियन्त्रणमा लिएर कम्युनिस्ट नेतृत्वको सरकारले अधिनायकवाद लाद्न खोजेको भन्दै त्यसको विरुद्ध सडक आन्दोलनमा उत्रिनु परेको नेविसंघका नेता मोतीलाल भण्डारीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*