इदुल्ल फित्रमा प्रधानमन्त्री ओलीको शुभकामना

तु खबर संवाददाता
२०७६ जेष्ठ २२, बुधबार १२:३२

काठमाडौं २२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीको चाड इदुल्ल फित्रले सबै धर्म र संस्कृति अँगाल्ने नेपालीबीच सौहार्दता र राष्ट्रिय एकताको भावना मजबुत पार्ने विश्वास व्यक्त गरेका छन् ।

इदुल्ल फित्रको अवसरमा बुधबार एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

‘उत्साहको यही परिवेशमा आर्थिक–सामाजिक रुपान्तरणको ध्येयका साथ सारा देश ‘सुखी नेपाली, समृद्ध नेपाल’को राष्ट्रिय आकांक्षा पूरा गर्न अग्रसर छ’, सन्देशमा भनिएको छ ।

संविधानले धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहितको धर्मनिरपेक्षतालाई सुनिश्चित गरिसकेको आजको परिप्रेक्ष्यमा नेपालका मुस्लिम समुदायलगायत सबैको धार्मिक तथा सांस्कृतिक अधिकारको प्रत्याभूति सन्देशमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*