राजनीति/ समाज

अधिवक्ता भट्टराई समाजवादी पार्टीमा प्रवेश

काठमाडौं ७ असार । अधिवक्ता चन्द्रप्रकाश भट्टराई (तनहुँ) समाजवादी पार्टी, नेपालमा प्रवेश गरेका छन् । नेकपा पार्टी परित्याग गर्दै उनी समाजवादी पार्टीमा प्रवेश गरेका हुन् । उनलाई पार्टीका राष्ट्रिय परिषद् सदस्य डा. बाबुराम भट्टराईले स्वागत गरेका थिए ।

१० गते नेपाल बन्द गर्ने विप्लवको घोषणा

मकवानपुर । प्रहरीले आफ्ना जिल्ला इन्चार्ज मारेको भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले १० गते नेपाल बन्दको घोषणा गरेको छ । नेपाल बन्द गर्नेसहितका चार दिने आन्दोलनका कार्यक्रम घोषणा गरिएको विप्लवले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीले हत्या गरेको भन्दै विप्लवले...

नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक असार २२ गते बस्ने

काठमाडौं ६ असार । नेपाली काँग्रेसले केन्द्रीय समितिको बैठक यही असार २२ गतेको लागि बोलाईएको छ । पार्टीले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियानको समीक्षालगायतका विषयमा छलफल गर्न कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो । असार २२ गते ११ बजेका लागि बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले सूचनामार्फत जानकारी दिए...

प्रेस स्वतन्त्रता विरोधी विधेयक फिर्ता लिन सांसदको माग

काठमाडौं ५ असार । सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक फिर्ता लिन प्रतिनिधिसभाका सांसदहरूले माग गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद भरतकुमार शाह, महेन्द्रकुमारी लिम्बु र रामबहादुर विष्टले प्रेस स्वतन्त्रता विरोधी विधेयक फिर्ता लिन माग गरेका...

विवादास्पद विधेयकहरु फिर्ता नगरे सशक्त आन्दोलन गर्ने सभापति देउवाको चेतावनी

काठमाडौँ ४ असार । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएका विवादास्पद विधेयकविरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सभापति देउवाले सत्तापक्षले जवरजस्ती गरे कुनै हालतमा पारित गर्न नदिने भन्दै सरकार नै प्रजातन्त्र मास्न लागेको आरोप लगाए । पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले...

सभापति देउवाद्वारा दुःख व्यक्त

मकवानपुर ४ जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले हुम्लाको खार्पुनाथ गाउँपालिका–५ मा जिप कर्णाली नदीमा खस्दा त्यसमा सवार यात्रु बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले मङ्गलबार एक विज्ञप्तिमार्फत बेपत्ताहरुको तत्काल खोजी र उद्धारकार्यलाई तीव्रता दिन सरकारसँग आग्रह गरेका थिए । साथै उनले...

थुना मुक्त गर्न आदेश दिएको ५ घण्टा नबित्दै विप्लवका कार्यकर्ता अदालत परिसरबाटै पुनः पक्राउ

नेत्रविक्रम चन्द नेतृत्व (विप्लवको) नेकपाका कार्यकर्तालाई उच्च अदालत पोखराले छाड्न आदेश दिएलगत्तै प्रहरीले पुनः पक्राउ गरेको छ । बिहिबार उच्च अदालत पोखराले थुनामुक्त गर्न आदेश दिएको ५ घण्टा नबित्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई गत शनिबार कास्कीको अन्नपूर्ण गाउँपालिका ११ उरिबाट पक्राउ गरेको थियो । पक्राउ...

सक्रिय हुँदै कांग्रेस युवा

तीनै तहको निर्वाचनमा कांग्रेसले नमीठो पराजय बेहोरेपछि युवा नेताहरू जुर्मुराउन थालेका थिए । फरकफरक गुटमा रहेका भए पनि निर्वाचन समीक्षा गर्न बसेको केन्द्रीय समितिको बैठकमा ७ युवा नेताले संयुक्त प्रस्ताव पेस गरे । ती युवाहरू अहिले पनि पार्टीका प्रौढ नेताहरूसँग सन्तुष्ट छैनन्, तर उनीहरू पनि आपसमा भिन्नभिन्न समूहमा बाँडिएका...

नेपाली काँग्रेसका सभापति देउवा हेटौँडा आउने

मकवानपुर ३० जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा हेटौँडा आउने भएका छन् । नेपाल साँस्कृतिक संघ केन्द्रीय समितिको आयोजनामा जेष्ठ ३१ र ३२ गते हुने कार्यक्रमलाई सम्बोधन गर्न सभापती देउवा हेटौँडा आउने भएका हुन् । नेपाली काँग्रेस सम्बद्ध सांस्कृतिक संघ तथा बिद्यागत संघका सभापतिहरूको प्रशिक्षण भेलामा ७७ वटै...

लोकसेवा आयोगको विज्ञापन रद्द गर्न काँग्रेसको आग्रह

काठमाडौं ३० जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले स्थानीय तहमा कर्मचारी नियुक्तिका लागि लोकसेवा आयोगले खुलाएको विज्ञापन तत्काल रद्द गर्न आग्रह गरेका छन् । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संविधानमा उल्लेख गरिएको समावेशी सिद्धान्त विपरित खुलाइएको सो विज्ञापन तत्काल...