सभापति देउवाद्वारा दुःख व्यक्त
मकवानपुर ४ जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले हुम्लाको खार्पुनाथ गाउँपालिका–५ मा जिप कर्णाली नदीमा खस्दा त्यसमा सवार यात्रु बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले मङ्गलबार एक विज्ञप्तिमार्फत बेपत्ताहरुको तत्काल खोजी र उद्धारकार्यलाई तीव्रता दिन सरकारसँग आग्रह गरेका थिए ।
साथै उनले पछिल्लो समय यस्ता सडक दुर्घटना बढ्दै गइरहेकाले तत्काल एक कार्यदल गठन गरी घटनाको गहिरो अध्ययन गरेर यस्ता घटनालाई नियन्त्रण गर्न सरकारको ध्यानार्कषण गराएका छन् ।
