राजनीति/ समाज
काँग्रेसका अध्यक्ष राहुल गान्धीले दिए पदबाट राजीनामा
काठमाडौं, १८ असार । राहुल गान्धीले कांग्रेस अध्यक्ष पदबाट राजीनामा दिएका छन् । उनले लोकसभा चुनाव २०१९ मा पार्टीले व्यहोरेको हारको जिम्मेवारी आफूले लिने बताएका छन् । राहुलले राजीनामाको घोषणासँगै एक पत्र ट्वीट गरेका छन्, जसमा उनले अरुलाई जवाफदेही बनाउनु अघि आफू पहिले जवाफदेही बन्न जरुरी रहेको बताएका छन्...
नहुने भयो सरकारी खर्चमा आइफा अवार्ड !
काठमाडौँ १८ असार । विवाद चर्किएपछि सरकार इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आइफा) अवार्डमा सरकारी खर्च गर्ने ‘निर्णय’बाट पछि हट्ने भएको छ । अर्थात अवार्डका लागि सरकारले गर्ने भनिएको झण्डै एक अर्व रुपैयाँ खर्च नगरिने भएको छ । यद्यपी यसबारे सरकारले आधिकारिक रुपमा केही खुलाइसकेको छैन । तर, आइफा अवार्ड...
पूर्वमन्त्री धमलासहितका नेताहरु नेकपामा प्रवेश गर्ने
काठमाडौँ १८ असार । संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टीबीच भएको एकीकरण सम्मानजनक नभएको भन्दै तत्कालीन नयाँ शक्तिका केही नेताहरु सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने भएका छन् । पूर्वमन्त्री कल्पना धमलासहित, तत्कालिन नयाँ शक्तिका सचिवालय सदस्य देवेन्द्र पराजुली, केन्द्रीय महिला संगठनकी संयोजक मनु हुमागाईँ...
‘स्वयम सेवकको रुपमा काम गर्ने वनका पदाधिकारीहरूलाई राष्ट्रसेवक किन भनिएको हो’ : सांसद वली
काठमाडौं, १७ असार । राष्ट्रियसभाकी सांसद कोमल वलीले वन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा सामुदायिक वनको अधिकार न्यून खोजेको बताएकी छिन् । मंगलबार राष्ट्रियसभा बैठकमा बोल्दै सांसद वलीले विधेयकको प्रस्तावनाबाट ‘सामुदायिक’ भन्ने शब्द हटाइएको भन्दै त्यसको विरोध गरिन् । सामुदायिक वनहरूलाई स्वतन्त्र रुपमा मूल्य निर्धारणको अधिकारबाट...
बैंकिङ प्रविधिमा विश्वास गर्न गाह्रो : अर्थमन्त्री खतिवडा
काठमाडौं १७ असार । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रविधिमा आधारित बैंकिङ प्रणालीमा आफूलाई पनि विश्वास गर्न गाह्रो परेको बताएका छन् । मंगलबारबाट शुरु भएको सम्मेलनमा अर्थमन्त्री खतिवडाले नेपाल धितोपत्र बोर्डले आयोजना गरेको वित्तीय साक्षरता सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उदघाटन गर्दै प्रविधिमा आधारित बैंकिङ प्रणालीप्रति अझै विश्वस्त हुन नसकिएको बताएका हुन्...
प्रदेश–३ का कार्यबाहक मुख्यमन्त्रीमा जम्मकट्टेल
मकवानपुर, १७ असार । प्रदेश नम्बर ३ का प्रदेश प्रमुख अनुराधा कोईरालाले प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलको सिफारिसमा कार्यबाहक मुख्यमन्त्रीमा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेललाई तोकिएको छ । मुख्यमन्त्री पौडेल चीनको गान्सु प्रान्तको गर्भनरका निमन्त्रणमा लान्झाउ शहरमा १८ गतेदेखि २१ गतेसम्म आयोजना हुने विविध कार्यक्रममा सहभागी...
प्रदेश ३ सरकारले उपत्यकाको सफाइ गर्न १२ वटा धुलो उठाउने ब्रुमर दिने
काठमाडौं १६ असार । प्रदेश ३ को सरकारले काठमाडौं उपत्यकाको सफाइका लागि १२ वटा धूलो उठाउने ब्रुमर तत्काल उपलब्ध गराउने घोषणा गरेको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले काठमाडौं उपत्यकालाई सफा शहरको रुपमा विकास गर्न केही समय भित्रै १२ वटा ब्रुमर...
प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल चीन प्रस्थान
बुटवल १६ असार । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल चिनियाँ कम्युनिष्ट पार्टी अन्तराष्ट्रिय विभागको निमन्त्रणामा आज मित्र राष्ट्र चीनतर्फ प्रस्थान गरेका छन् । उनी चाइना साउथर्न एयरलाइन्सको उडानबाट सोमबार बिहान छेन्दु प्रस्थान गरेका हुन् । मुख्यमन्त्रीको भ्रमण दलमा गण्डकी प्रदेशका प्रमुख सचेतक मायानाथ अधिकारी, प्रदेश ५ कि...
तत्कालीन माओवादी र एमालेको पार्टी एकता दुर्भाग्यपूर्ण भएको : डा. भट्टराई
गोरखा, १६ असार । सामाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराइले तत्कालीन माओवादी र एमालेको पार्टी एकता दुर्भाग्यपूर्ण भएको बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराइले विपरीत दिशामा तानिएका दुई पार्टीको एकताकै कारण देशमा अहिले गतिरोध उत्पन्न भएको दाबी गरे । आइतबार आयोजित रोपाइँ कार्यक्रममा सहभागी हुन...
सभापति देउवाद्वारा सरकार ढाल्ने चेतावनी
मकवानपुर १३ असार । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रमाथि प्रहार गरिरहे सरकार ढालिदिने चेतावनी दिएका छन् । शुक्रबार पार्टी निकट स्थानीय तहका कर्मचारीहरुले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले पार्टी निकट कर्मचारीहरुलाई सरकारले धेरै दुःख दिने गरेको भन्दै आक्रोश व्यक्त गरे । सभापति देउवाले प्रेस...










