काँग्रेसका अध्यक्ष राहुल गान्धीले दिए पदबाट राजीनामा

तु खबर संवाददाता
२०७६ असार १८, बुधबार १७:३८

काठमाडौं, १८ असार । राहुल गान्धीले कांग्रेस अध्यक्ष पदबाट राजीनामा दिएका छन् । उनले लोकसभा चुनाव २०१९ मा पार्टीले व्यहोरेको हारको जिम्मेवारी आफूले लिने बताएका छन् ।

राहुलले राजीनामाको घोषणासँगै एक पत्र ट्वीट गरेका छन्, जसमा उनले अरुलाई जवाफदेही बनाउनु अघि आफू पहिले जवाफदेही बन्न जरुरी रहेको बताएका छन् ।

‘भविष्यमा पार्टी विस्तारका लागि जवाफदेही महत्वपूर्ण छ । यही कारण मैले कांग्रेस अध्यक्षबाट राजीनामा दिएको छु’ उनले पत्रमा भनेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*