राजनीति/ समाज
प्रदेश-३ का मुख्यमन्त्री पौडेल र गान्सु प्रान्तका गर्भनर ताङ रेन्जियनबीच भेटवार्ता
मकवानपुर, २० असार । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल र छिमेकी राष्ट चीनको गान्सु प्रान्तको गर्भनर ताङ रेन्जियनबीच आज (शुक्रबार) भेटवार्ता भएको छ । मुख्यमन्त्री पौडेल र ताङ रेन्जियनबीच भएको भेटवार्तामा मुख्यमन्त्री पौडेलले चीनको विकासबाट नेपाल प्रभावित भएको बताए । मुख्यमन्त्री डोरमणि पौडेलले नेपालको विकास एवम् ३...
सरकारको योजना असफल बनाउन आईफाबारे अनावश्यक हल्ला : प्रधानमन्त्री ओली
काठमाडौं २० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले २० लाख पर्यटक भित्र्याउने सरकारको योजना असफल बनाउन आईफा अवार्डबारे अनावश्यक हल्ला चलाइएको बताएका छन् । समाजवादी पार्टीका नेताहरुलाई पार्टी प्रवेश गराउन आयोजित कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् । उनले अवार्ड रोक्न संसदीय समितिले दिएको निर्देशनसमेत अनधिकृत भएको दाबी गरेका...
वडा अध्यक्ष तितुङले मनहरीको ९ वटै वडामा नि : शुल्क स्वास्थ्य वीमा गरिदिने
मकवानपुर २० असार । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर७ का वडा अध्यक्ष ठाकुर तितुङले गाउँपालिकाको ९ वटै वडाका विपन्न एवम् गरिबहरुको नि : शुल्क स्वास्थ्य वीमा गरिदिने भएका छन् । वडा अध्यक्षको रुपमा आउने तलव सेवा सुविधा सामाजिक कार्यमा लगाउने योजना अनुरुप प्रत्येक वडाको २०-२० जनाको नि : शुल्क...
समाजवादी पार्टीका सदस्य पराजुली र धमलासहित विप्लवको केही नेता नेकपामा प्रवेश
काठमाडौं २० असार । समाजवादी पार्टीका सचिवालय सदस्य देवेन्द्र पराजुली र कल्पना धमला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रमबीच नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी पार्टीका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराएका हुन् । कार्यक्रममा नेकपा...
अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या देखिएपछि एक दिन पर सर्यो नेकपा प्रवेश कार्यक्रम
काठमाडौं १९ असार । तत्कालीन नयाँ शक्तिका नेता देवेन्द्र पराजुली र पूर्वमन्त्री कल्पना धमलासहित नेता कार्यकर्ताहरुको नेकपा प्रवेश कार्यक्रम एक दिन पर सरको छ । पार्टी प्रवेश कार्यक्रम प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको अस्वस्थ्यताका कारण आजको लागि तय भएको कार्यक्रम एकदिन पर पारेर शुक्रबारको लागि तय गरिएको हो...
विकासको गति सँगसँगै लैजान चीनको गान्सु प्रान्तसँग भगिनी सम्बन्ध : मुख्यमन्त्री पौडेल
मकवानपुर १९ असार । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विकासको गति सँगसँगै लैजान चीनको गान्सु प्रान्तसँग भगिनी सम्बन्ध जोडेको बताएका छन् । चीनको ५ दिने भ्रमणमा रहेका मुख्यमन्त्री पौडेलले बिहिबार गान्सु प्रान्तमा भएको २५ औँ चीनको लान्झाउ इन्भेस्टमेन्ट एन्ड ट्रेड फेयर एन्ड हाई इन्ड फोरम अन सिल्क...
श्रमसँग नजोडिए सिर्जनात्मक सकिन्छः डा. पौडेल
मकवानपुर १९ असार । नेपाल कम्युनिष्ट पार्टीका नेता डा. बिजय पौडेलले श्रमसँग जोडिन नसके मानिसहरुको सिर्जनात्मक क्षमता सकिने बताएका छन् । कैलाश गाउँपालिकाको सहयोगमा फिलिङ्गो मिडियाले आयोजना गरेको युवा क्षमता विकास कार्यशालालाई सम्बोधन गर्दै डा. पौडेलले सो कुरा बताएका हुन् । धारणा राखेका हुन् । उनले मानव विकासको इतिहाँस...
नेपालमा ११ मुलुकका शरणार्थी, हैसियत माग गर्दै आठ वर्षदेखि पटक–पटक धर्नामा
भुटानी र तिब्बती शरणार्थी समस्या किनारा लाग्न नपाउँदै नेपालमा अन्य मुलुकका शरणार्थीको संख्या बढिरहेको छ । भुटान र तिब्बतीबाहेक विभिन्न नौ मुलुकका शरणार्थी नेपालमा आश्रय लिइरहेका छन् । म्यानमार, पाकिस्तान, अफगानिस्तान, श्रीलंका, बंगलादेश, इराक, इरानसहित अफ्रिकी मुलुक सोमालिया र कंगोका नागरिकसमेत शरणार्थीका रुपमा नेपाल भित्रिएका छन् । सरकारले भुटान...
कांग्रेसको तल्लो तहमा दुई चरणको अधिवेशन हुँदै
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आगामी महाधिवेशनअघि तल्लो तहको दुई चरणको अधिवेशन गर्ने भएको छ । संघीय संरचनाअनुसार विधान संशोधन गरेको कांग्रेस अहिले तल्लो तहको संरचना निर्माणमा जुटेको छ । अधिवेशनमार्फत निर्माण हुने टोल तह सम्मको संरचनामा केन्द्रीय महाधिवेशनअघि अधिवेशन गरिने छ । प्रत्येक चार वर्षमा महाधिवेशन गर्नुपर्ने कांग्रेस...
सरकारले ३ वटा हेलिकोप्टरबाट शसस्त्र फोर्स परिचालन गरी क्रुर दमन गर्यों : विप्लव समूह
काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सरकारले संखुवासभा लगायतका जिल्लाहरुमा दमनलाई तिब्र बनाएको आरोप लगाएको छ । सो समूहका पूर्वी कमाण्ड इन्चार्ज विषमले आज एक विज्ञप्ति जारी गर्दै सो आरोप लगाएका हुन् । विज्ञप्तिमा असार १६ गते संखुवासभाको तिलिचुङ गाउँपालिका १ मा आयोजित पार्टी कार्यक्रममाथि गृहप्रशासनको...










