राजनीति/ समाज
प्रदेश–३ का मुख्यमन्त्री पौडेल यही असार १८ गते चीनको लान्झाउ जाने
मकवानपुर, १३ असार । प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेल यही असार १८ गते छिमेकी राष्ट्र चीनको लान्झाउ शहरमा जाने भएका छन् । गान्सु प्रान्तका गर्भनरको निमन्त्रणामा नेपाली प्रतिनिधि मण्डलकोे नेतृत्व गर्दै मुख्यमन्त्री पौडेल चीनको लान्झाउ शहरमा जाने भएका हुन् । मुख्यमन्त्री पौडेल चीनको लान्झाउ शहरमा जुलाई ४ देखि ८...
प्रदेशसभा बैठकमा नेकपा नेतृ सिग्देलले सुनाइन् यस्तो कथा
मकवानपुर १२ असार । नेकपा मकवानपुरकी अध्यक्ष एवं प्रदेशसभा सदस्य मुनु सिग्देलले प्रदेश सरकारले ल्याएको आगामी आर्थिक बर्ष ०७६/०७७ बजेट माथि आफ्नो धारणा सार्वजनिक गर्ने क्रममा एउटा कथा सुनाएकी छिन् । उनले प्रदेश सरकारले ल्याएको बजेटमाथि आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो कथा सुनाईन् । ‘गाउँमा २ दाजुभाईलाई भिन्द हुनपर्ने...
बर्डफ्लु नियन्त्रणमा आएपछि प्रजिअ तामाङले भने – निर्धक्क कुखुराको मासु र अण्डा खानुहोस्
मकवानपुर ११ असार । मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले मकवानपुर बर्ड फ्लु मुक्त जिल्ला भएको बताएका छन् । आज तु खबरसंग कुराकानी गर्दै जिल्ला बर्ड फ्लु रोग नियन्त्रण प्राविधिक समितिका संयोजक समेत रहेका तामाङले अब मकवानपुरमा बर्ड फ्लु नभएको दावी गरे । उनले भने ‘ बर्ड फ्लुको खतरा...
हेटौंडाले पूर्वाधार विकासमा ८६ करोड खर्च गर्ने
हेटौंडा, ११ असार / प्रदेश ३ को एकमात्र उपमहानगर हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ को लागि १ अर्ब ८१ करोड १८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । मंगलबार उपमहानगरको पाँचौ नगरसभा बैठकमा १ अर्ब ८१ करोड १८ लाख रुपैयाँको बजेट प्रस्तुत बजेट प्रस्तुत गरिएको हो, आजको नयाँ...
हेटौंडा बनाउने मुख्यमन्त्रीको यस्तो छ सोच (हेर्नुहोस् भिडियो )
मकवानपुर / प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडाको सडक बिस्तारपछि हेटौंडा बजारको मुख्य सडकको दायाँबायाँका घरहरुको अगाडिको शो एउटै बनाउने सोच आफ्नो रहेको बताएका छन् । आज हेटौंडा उपमहानगरपालिकाको नीति तथा योजना सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले जति मिटर सडक बिस्तार भएपनि आफ्नो सोच भनेको हेटौंडाका...
पौडेलको खुलासा : म अशोकको बोट र सहिद स्मारकको कारण मुख्यमन्त्री भएँ (हेर्नुहोस् भिडियो )
मकवानपुर, १० असार । पदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफूलाई मुख्यमन्त्री बनाउन दुई वटा कुराको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । हेटौंडा उपमहानगरपालिकाको ५ औँ नगरसभामा आज बोल्दै मुख्यमन्त्री पौडेलले यस्तो बताएका हुन् । अशोकको बोट र सहिद स्मारकले आपूलाई मुख्यमन्त्री बनाएको पौडेलले बताए । उनले भने...
हेटौँडा बजार फराकिलो हुनेमा दुई मत नरहेको मुख्यमन्त्री पौडेलको भनाई
मकवानपुर १० असार । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अब हेटौँडा बजार क्षेत्र फराकिलो हुने बताएका छन् । मंगलबार हेटौंडा उपमहानगरपालिकाको पाँचौ नगरसभा बैठकको उद्धघाटन क्रममा बोल्दै मुख्यमन्त्री पौडेलले २५ मिटर भत्काए पनि, १६ मिटर भत्काए पनि अब हेटौँडा बजार फराकिलो हुनेमा दुई मत नरहेको बताएका हुन्...
कहिले खुल्ला नारायणहिटीको सिनेमा हल ?
नारायणहिटी दरबार पुगेका अवलोकनकर्तामा एउटा जिज्ञासा उत्पन्न हुन सक्छ, “राजपरिवारका सदस्य सिनेमाप्रति चासो राख्थे कि राख्दैनथे ? सिनेमा कहाँ हेर्थे होलान् ?” तत्कालीन राजपरिवारका सदस्य एवं शाही नातेदार सिनेमाका पारखी थिए । नारायणहिटी दरबारभित्र रहेको सिनेमा हलमा प्रायः शुक्रबार सिनेमा हेर्ने गरिन्थ्यो । दशैँमा टीका थाप्ने कक्षसँगै जोडिएको सिनेमा...
समाजवादी पार्टी र राजपा पार्टीबीच एकीकरणबारे सम्बाद सुरु
जनकपुरधाम, ८ असार । तत्कालीन संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) बीच पार्टी एकीकरणबारे सम्वाद सुरु भएको छ । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राजपाका अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतोबीच पार्टी एकिकरणको लागि पछिल्लो पटक जनकपुरधाममा कुराकानी भएको हो । राजपा निकट स्रोतले आगामी कात्तिक महिनाभित्रै...
गुठी विधेयक पूर्ण रुपमा खारेज गर्न राप्रपाको माग
काठमाडौं, ८ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले गुठी विधेयक पूर्ण रुपले खारेज गर्न माग गरेको छ । केन्द्रीय समितिको विस्तारित बैठकको निर्णय जानकारी गराउन आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले उक्त विधेयक खारेज गरेर नयाँ विधेयक ल्याउनुपर्ने बताएका हुन् । थापाले नेपालको सनातन धर्म...








