पौडेलको खुलासा : म अशोकको बोट र सहिद स्मारकको कारण मुख्यमन्त्री भएँ (हेर्नुहोस् भिडियो )

तु खबर संवाददाता
२०७६ असार १०,मंगलवार २०:०५
Featured Video Play Icon

मकवानपुर, १० असार । पदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफूलाई मुख्यमन्त्री बनाउन दुई वटा कुराको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

हेटौंडा उपमहानगरपालिकाको ५ औँ नगरसभामा आज बोल्दै मुख्यमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

अशोकको बोट र सहिद स्मारकले आपूलाई मुख्यमन्त्री बनाएको पौडेलले बताए । उनले भने – ‘अशोकको बोट र स्मारकले मलाई मुख्यमन्त्री बनायो भन्दै मलाई कुनै हिच्किचाउनु पर्दैन ।’

स्मारक बनाउँदा सुरुमा ९० हजारबाट सुरुवात गरिएको उनले सम्झिए । बोटबिरुवा रोप्ने काम महत्वपूर्ण भएको भन्दै उनले हेटौंडामा ठूला सवारी साधन मुख्य सडकबाट दौडिरहेकोले त्यसलाई नियन्त्रण नगरेसम्म हेटौंडालाई स्वच्छ र सफा सहर बनाउन नसकिने उनले बताए ।

हामी फूलैफूलको बगैचाको सहर बनाउने र यसले लहर सिुर्जना गरेको समेत उनले बताए ।

 

हेर्नुहोस् भिडियो – 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*