गुठी विधेयक पूर्ण रुपमा खारेज गर्न राप्रपाको माग

तु खबर संवाददाता
२०७६ असार ८, आईतवार १४:१२
file photo

काठमाडौं, ८ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले गुठी विधेयक पूर्ण रुपले खारेज गर्न माग गरेको छ ।

केन्द्रीय समितिको विस्तारित बैठकको निर्णय जानकारी गराउन आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले उक्त विधेयक खारेज गरेर नयाँ विधेयक ल्याउनुपर्ने बताएका हुन् ।

थापाले नेपालको सनातन धर्म संस्कृतिलाई मास्ने गरी यो विधेयक आएको आरोप लगाए ।

राप्रपाले पार्टीको केन्द्रीय महाधिवेशन २०७७ जेठ महिनामा गर्ने पनि निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*