१० गते नेपाल बन्द गर्ने विप्लवको घोषणा

तु खबर संवाददाता
२०७६ असार ६, शुक्रबार १८:२५

मकवानपुर । प्रहरीले आफ्ना जिल्ला इन्चार्ज मारेको भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले १० गते नेपाल बन्दको घोषणा गरेको छ ।

नेपाल बन्द गर्नेसहितका चार दिने आन्दोलनका कार्यक्रम घोषणा गरिएको विप्लवले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीले हत्या गरेको भन्दै विप्लवले आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका हुन् ।

विज्ञप्तिमा उल्लेख भएअनुसार असार ७ गते प्रचार प्रसार,८ गते कोणसभा तथा घरदैलो, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्दको घोषणा गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*