नेपाली काँग्रेसका सभापति देउवा हेटौँडा आउने
मकवानपुर ३० जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा हेटौँडा आउने भएका छन् ।
नेपाल साँस्कृतिक संघ केन्द्रीय समितिको आयोजनामा जेष्ठ ३१ र ३२ गते हुने कार्यक्रमलाई सम्बोधन गर्न सभापती देउवा हेटौँडा आउने भएका हुन् ।
नेपाली काँग्रेस सम्बद्ध सांस्कृतिक संघ तथा बिद्यागत संघका सभापतिहरूको प्रशिक्षण भेलामा ७७ वटै जिल्लाका प्रतिनिधिहरुको सहभागी हुने आयोजक समितिले जनाएको छ ।
