नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक असार २२ गते बस्ने
काठमाडौं ६ असार । नेपाली काँग्रेसले केन्द्रीय समितिको बैठक यही असार २२ गतेको लागि बोलाईएको छ ।
पार्टीले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियानको समीक्षालगायतका विषयमा छलफल गर्न कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो ।
असार २२ गते ११ बजेका लागि बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले सूचनामार्फत जानकारी दिए ।
