विवादास्पद विधेयकहरु फिर्ता नगरे सशक्त आन्दोलन गर्ने सभापति देउवाको चेतावनी
काठमाडौँ ४ असार । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएका विवादास्पद विधेयकविरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सभापति देउवाले सत्तापक्षले जवरजस्ती गरे कुनै हालतमा पारित गर्न नदिने भन्दै सरकार नै प्रजातन्त्र मास्न लागेको आरोप लगाए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले गुठी बिधेयक, मिडिया काउन्सिल विधेयक, सुरक्षा परिषद विधेयक, मानवअधिकार विधेयक लगायतका विधेयकले लोकतन्त्रलाई बलियो नबनाउने दावी गरे ।
प्रजातन्त्रको महत्वपूर्ण अंग मानवअधिकार भएको भन्दै देउवाले निर्वाध बोल्न र लेख्ने स्वतन्त्रतामाथि बन्देज लगाउने यी विधेयक फिर्ता गर्न माग गरे ।
