नेकपाको कार्य विभाजन टुंग्याउन प्रधानमन्त्री निवासमा चार नेताको बैठक जारी
मकवानपुर २१ जेठ । पार्टीको कार्य विभाजनबारे टुंगो लगाउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरु गृहकार्यमा जुटेका छन् ।
बालुवाटार निकट स्रोतका अनुसार मंगलबार दिउँसो तीन बजेका लागि बोलाइएको सचिवालय बैठक अघिनै सहमति जुटाउने गरी चार नेताको बैठक बिहानैदेखि प्रधानमन्त्री निवासमा जारी छ ।
बैठकमा नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालसहित महासचिव विष्णु पौडेल र अर्का नेता माधवकुमार नेपाल सहभागी छन् ।
