उपराष्ट्रपति पुन आइतबार भियना जाँदै

तु खबर संवाददाता
२०७६ जेष्ठ १०, शुक्रबार १४:४५

काठमाडौँ १० जेठ । अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनको निमन्त्रणामा उपराष्ट्रपति नन्दबहादुर पुन जलवायुसम्बन्धी कार्यक्रममा भाग लिन आगामी आइतबार भियना जाने भएका छन् ।

यही जेठ १४ मा हुने आर २० नामक अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी हुन उपराष्ट्रपति पुन त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनाएको छ ।

उनीसँगै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत पनि रहनेछन् । उपराष्ट्रपति पुन जेठ १७ गते स्वदेश फर्किनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*