प्रेसरकुकर बम र चन्दा आतंक मच्चाएको आरोपमा विप्लवका २ जना मकवानपुर प्रहरीद्वारा पक्राउ
मकवानपुर, ३१ वैशाख । विप्लव नेतृत्वको नेकपाको कार्यकर्ता भएको आरोपमा २ जनालाई प्रहरीले २ जनालाई पक्राउ गरेको छ । हिजो पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा राखिएको छ ।
पक्राउ पर्नेमा राक्सिराङ घर भएका सूर्य अर्याल र मनहरी घर राजकुमार मोक्तान छन् । उनीहरुलाई राक्सिराङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रेसरकुकर बम र चन्दा आतंक मच्चाएको आरोपमा पक्राउ गरिएको प्रहरी दावी छ ।
प्रहरीका अनुसार अर्याल विप्वल नेतृत्वको नेकपा मकवानपुरका आर्थिक विभाग प्रमुख र मोक्तान जिल्ला कमिटि सदस्य र मनहरी गाउँपालिका इन्चार्ज हुन् ।
यसअघि पनि प्रहरीले विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज बीरबहादुर घलान ज्वालासहितका नेता कार्यकर्ता पक्राउ गरी हिरासतमा राखेको छ ।
