१६ मिटरमात्र भत्काए मुआब्जा चाहिँदैन, २५ मिटर भत्काउने हो भने मुआब्जाबिना हुँदैन : कटुवाल

तु खबर संवाददाता
२०७६ असार २०, शुक्रबार १५:२५
file photo

मकवानपुर, २० असार । मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष तथा हेटौंडा बसोबास संरक्षण समितिका अध्यक्ष कृष्ण कटुवालले सडक बिस्तारको काम न्यायोचित तरिकाले गर्न माग गरेका छन् ।

तु खबरसँग कुराकानी गर्दै अध्यक्ष कटुवालले विकासको बाधक आफूहरु नभएको दोहोर्याउँदै मुआब्जा दिन सक्ने अवस्थामा सरकार नभए १६/१६ मिटरमात्र भत्काउन आग्रह गरेका छन् । सडकको दायाँबायाँ १६/१६ मिटर मात्र विस्तार गर्ने हो भने मुआब्जाको दावी नगर्ने र सडक विस्तारको काममा सघाउने उनले बताए । सडकको केन्द्र विन्दुबाट २५/२५ मिटर विस्तार गर्ने हो भने मुआब्जा नपाएकाहरुको हकमा सरकारले उचित मुआब्जा दिनुपर्ने उनले बताए ।

सबैलाई बिचल्ली पार्ने गरी सरकार प्रस्तुत हुनुभएन, उनले भने । उनले यदि, यसमा अझै समस्या भए आफूहरु सम्मानित अदालतको अन्तिम आदेश मान्न तयार रहेको प्रतिक्रिया दिए । यदि राज्य २५ /२५ मिटर नै विस्तार गर्ने निश्कर्षमा पुगेको हो भने यो स्वीकार गर्न सकिँदैन, अदालतको आदेश पर्खिन आग्रह गर्छौ, कटुवालको भनाई छ ।

सरकारले पेलेर सडक विस्तार गर्ने हो भने त्यसले निकै समस्या ल्याउने उनले बताए । हामी विकास विरोधी होइनौँ, तर बिना मुआब्जा नागरिकलाई घरबारबिहीन बनाउँदा सबै सरोकारवालाहरुले सोचिदिनुपर्छ, कटुवालले भने । ]

हजारौँ व्यवसायी र घरधनी पीडित बन्ने अवस्था छ, कटुवालले भने – सामान्य नागरिकको अधिकारको सुरक्षा सबैको चासोको विषय होइन र ?

यो पनि हेर्नुहोस् –

२५ मिटर सडक विस्तार प्रकरण : सडक डिभिजन भन्छ – ‘४ दिनपछि भत्कन्छ बजार’

२५ मिटर प्रकरण – सडक विस्तार हुनेमा २ मत छैन : डिभिजन सडक

अन्यौलमा परेको हेटौँडाको सडक विस्तार हुने भन्दै निस्कियो १५ दिने सूचना

‘सरकारले २५ मिटर सडक विस्तार गर्न नसक्ने हो भने मलाई जिम्मा दिए हुन्छ ’: मेयर महत

हेटौँडाको सडक विस्तार प्रकरण : २५/२५ मिटर कि १६/१६ ?

-१६ मिटर मात्रै फराकिलो पार्ने कुरामा हाम्रो समर्थन : इन्द्र बानियाँ

-प्र.म.ओली, नेता प्रचण्ड र शेरबहादुर देउबा पनि घर भत्काउन नहुने पक्षमा : पौडेल

– १६ मिटर नि भत्काउने थिइनँ, प्रेसर भएर निर्णय गरेको हो : मुख्यमन्त्री पौडेल

-मलाई विकास विरोधी भनेँ, पहिला मेरै घर भत्काउँछु – मुख्यमन्त्री पौडेल

हेटौंडाको सडक विस्तार : प्रतिपक्षी काँग्रेस र सत्तापक्ष नेकपाको एउटै धारणा

अन्यौलमा पर्यो हेटौंडाको सडक फराकिलो पार्ने योजना

३ महिनामा हेटौँडाको सडक २५ मिटर कायम गर्छु भन्ने मन्त्री स्थापित कता छन् ?

हेटौंडामा २५ मिटर सडक विस्तार कहिले हुन्छ ?

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*